
काठमाडौं, ५ फागुन । ललितपुरको गोदावरी नगरपलिका–५ लेलेस्थित एक घरको बरण्डामा ग्रिनेड बम भेटिएको छ ।
स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिनुभयो । सोमबार बिहान मिजारको घरमा बम भेटिएको बारेमा स्थानीयले प्रहरीलाई खबर दिएका थिए ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको डीएसपी ओझाले बताउनुभयो । मिजारको घरमा भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी ओझाले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्