ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के कोरोनासँग जुध्न नेपाल तयार छ ? सुरुवातकै महिनामा समस्या यस्तो! (भिडियोसहित)


admin
माघ २२, २०७६ बुधबार  १ : १४ बजे

काठमाडौं, २२ माघ ।  चीनमा देखिएको कोरोना भाइरसका कारण भ्रमणवर्षको सुरुकै महिनामा पर्यटन व्यवसायीहरु समस्यामा परेका छन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको सक्रमण नदेखिता पनि चीनमा देखिएको समस्याले नेपालको पर्यटन क्षेत्रमा असर देखिएको हो ।चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालको पर्यटन व्यवसायको क्षेत्रमा समेत असर देखिनथालेको छ । चीन नेपालको दोस्रो ठुलो पर्यटन बजार भए पनि भ्रमण वर्षको सुरुकै महिनामा नै चीनमा देखिएको कोरोना भाइरसले पर्यटनको आगमनमा गिरावट आएको हो । कोरोना भाइरसको जोखिम अहिलेसम्म नेपालमा देखिएको त छैन । तर छिमेकी मुुलुक हुनुको साथै नेपाल आउने पर्यटकमध्ये चिनिया“ पर्यटनको संख्या बढी हुनाले पनि पर्यटन क्षेत्रमा तत्काल असर देखिएको हो । कोरोना भाइरसका कारण नेपालका पर्यटन व्यवसायी नेपाल भ्रमणवर्ष २०२० को सुरुवातकै महिनामै अप्ठारोमा परेका हुन् ।

भ्रमणवर्षले उत्साहित बनेका पर्यटन व्यवसयीहरुले कोरोना भाइरसको आंतकले फेरी चिन्तित हुन पुगेका हुन । चीनमा केही साता माहामारीको रुपमा कोरोना भँइरसको कारण उत्पन्न भएको समस्याप्रति पर्यटन व्यवसायीहरुले दुख व्यक्त गरेका छन । यद्यपि अप्ठ्यारो परिस्थितीस“ग जुद्धै चीन सरकारलेगरेको प्रयासप्रति व्यवसायीहरु अहिलेको समस्या छिटो समाधान हुनेमा आशावादी बनेका छन । कोराना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित छ । कुनै समस्या नहोस भनेर व्यवसायीहरुले चिनिया“ पर्यटकलाई निगरानीमा राखिएको र कोरोनाको प्ररम्भिक संकेत देखिने बित्तिकै अस्पताल लैजाने व्यवस्था सहित होटल व्यवसायी सजग अवस्थामा रहेको जनाएका हुन् । कोरोना भाइरसको कारण चीनका ट्राभल कम्पनीले अन्तराष्ट्रिय टुर प्याकेज सञ्चालन गर्ने अवस्था नभएकै कारण चीनबाट आउने पर्यटकको संख्या घटेको छ । चिनिया“ पर्यटनको आगमन कम हुने भएपछि नेपाल भ्रमण सचिवालयले छिमेकी मुलुक, भारत, बंगलादेश, दक्षिण पूर्वी एसिया लगायतका मुलुकबाट पर्यटन आगमनको लागि सहज वातावरण बनाइ लक्ष्य अनुसार पर्यटक भित्र्याउनका लागि प्रयास सुरु गर्ने तयारी गरेको छ । चीनले कोरोना भाइरस निराकरणको लागि गरेको प्रयासको सफलतास“गै व्यवसायीहरु अहिले देखिएको समस्या हट्नेमा आशावादी बनेका छन ।

व्यवसायीहरुले बिगतमा पनि बेला बेलामा राष्ट्रिय अन्तराष्ट्रिय जगतमा देखा पर्ने बिभिन्न रोग तथा आपद्बिपद्को कारण पर्यटक अभावको सामना गरेको भन्दै अहिलेको परिस्थितीबाट बिचलित नभएको जनाएका छन । तर सरकारले कोरोला भाइरसको प्रभाव नेपालमा पर्न नदिन बिमानस्थल र सीमा नाकाहरुमा संक्रमितहरुको चेकजा“चलाई तत्काल अझ व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो

कांग्रेसको आन्तरिक एकता सुदृढ हुँदै: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जियो !

सम्बन्धित

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com