ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वसाधारणमा व्यक्तिगत घटना दर्ता गर्नुपर्ने चेतना बढेको छ : पञ्जीकरण विभाग


admin

काठमाडौँ, ७ मंसिर ।  झण्डै चार दशकअघि नेपालमा जन्म, मृत्यु तथा विवाहजस्ता स्थानीय निकायमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था गरेपछि व्यक्तिगत घटना दर्ता गर्ने सर्वसाधारणमा उत्साह बढ्दै गएको छ ।

केन्द्रीय पञ्जीकरण विभागका अनुसार २०६९ सालमा कूल सात लाख ५९ हजार ४३२ जनाको जन्म दर्ता भएकामा २०७१ मा यो संख्यामा वृद्धि भई आठ लाख ७३ हजार ८७ जनाको जन्म दर्ता भएको थियो । यो संख्या २०७२ मा घटेर २०७३ मा पुनः वृद्धि भई सात लाख २१ हजार ३२६ व्यक्तिको जन्म दर्ता भएको छ ।

त्यस्तै मृत्यु दर्तातर्फ विसं २०६९ मा एक लाख पाँच हजार ४४० मृत्यु दर्ता भएकामा विसं २०७० मा एक लाख २१ हजार ८४९, २०७२ मा ९४ हजार ६९१ तथा २०७३ मा एक लाख १८ हजार ६१ मृत्यु दर्ता भयो ।

केन्द्रीय पञ्जीकरण विभागका वरिष्ठ तथ्यांक अधिकारी सुरेन्द्र पाण्डेले स्थानीय पञ्जीकाधिकारीमार्फत गाउँपालिका तथा नगरपालिकाका वडाबाट व्यक्तिगत घटना दर्ता हुने बताउनुभयो ।

विसं २०३३ मा ऐन आएपछि व्यक्तिगत घटना दर्ता प्रक्रिया शुरु भएकामा हाल देशको ७५ वटै जिल्लामा व्यक्तिगत घटना दर्ता गर्ने काम भइरहेको उहाँले बताउनुभयो । सो विभागका अनुसार जन्म र मृत्यु दर्ताको अलवा विवाह तथा बसाइँसराइ तथा सम्बन्धबिच्छेदको पनि व्यक्तिगत घटना दर्ता हुन्छ ।

विभागका वरिष्ठ डेमोग्राफी अधिकारी दिवाकर शर्माले विसं २०७० मा तीन लाख १७ हजार ३१६ जनाले विवाह दर्ता गरेकामा २०७३ सम्म आउँदा घटेर एक लाख ८४ हजार ३२३ मा सीमित भएको बताउनुभयो ।

उहाँका अनुसार बसाइँसराइतर्फ विसं २०६९ मा दुई लाख ९४ हजार ४०८ जनाको दर्ता भएकामा २०७३ मा आउँदा दुई लाख ११ हजार २१० मा सीमित भयो भने सम्बन्धविच्छेदका घटना सो अवधिमा ५२२ बाट वृद्धि भएर विसं २०७३ मा दुई हजार २८३ पुगेको छ ।

शर्माले नेपालमा हाल अनलाइनमा फाराम भरेर पनि व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था लागू भइसकेको र देशभरिका छ हजार ७४३ वडामध्ये एक हजार १९८ वटा वडामा अनलाइन फाराम भर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

त्यसका लागि ७५३ स्थानीय तहबाट प्रत्येक्ष प्रतिवेदन आउँछ र विभागले व्यक्तिगत घटनाको तथ्यांक राख्ने गरिन्छ ।

विभागका वरिष्ठ तथ्यांक अधिकारी सुरेन्द्र पाण्डेले मानिस जन्मनेबित्तिकै राज्यको पहिचान पाउने भएकाले व्यक्तिगत घटना दर्ता निकै महत्वपूर्ण भएको बताउँदै सरकारी निकायको माध्यम भएकाले यो दर्तापछि नागरिकता, पासपोर्ट, सम्पत्तिमाथि अधिकार हुने भएकाले यसरी दर्ता गर्ने उत्साह सर्वसाधारणमा बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com