ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गरेका शहीदको सम्झना (भिडियोसहित)


एबीसी न्यूज
माघ १७, २०७६ शुक्रबार  ११ : ०५ बजे

 

काठमाडौं, , १७ माघ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गरेका शहीदको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाइन्छ । शहीदहरुको सम्मान र सम्झना स्वरुप बिहीबार देशभर शहीद दिवस मनाइयो । वर्षको एकपटक सबैबाट शहीदको स्मरण गरिन्छ, तर, शहीदले देखाएको बाटोबाट भने राजनीतिक नेतृत्व निरन्तर पछि फर्किदै गएको छ ।

हामीले खाने प्रत्येक गा“समा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा, रगत छ शहीदको

यी हरफहरु कवि भूपि शेरचनका हुन् । आजका दिनमा हामी जति स्वतन्त्रतापूर्वक खुला सास फेरिरहेका छौं, हिड्डुल अनि वाक गरिरहेका छौं, यी सबै अग्रगामी र देशभक्त वीर सपूतहरुकै कारण सम्भव भईरहेको छ । जसले देशप्रेम, स्वतन्त्रता र अधिकार प्राप्तीका निम्ति रत्तिभर पनि नसोची फा“सीको रस्सीमा हासी–हासी आफ्नो अमूल्य जीवनको बलिदान गरे र मुलुकमा न्याय र समानताको बिउ छरेर गए, तिनै निस्वार्थ, निडर अनि अमर व्यक्तित्वको नाम हो शहीद । आज विशेषगरी, प्रजातन्त्र स्थापनाका लागि विसं. १९९७ मा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दले आफ्नो प्राण आहुती दिएको सम्झनामा शहीद दिवस मनाईएको हो । यी चारै सपुतहरुलाई यसरी सम्झन्छन् साहित्यकार शान्तदास मानन्धर ।

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला

कवि शेरचनका यी हरफहरु राष्ट्रका उच्च ओहदाका व्यक्तित्व देखि आमनागरिकका लागि मनन्योग्य छन् । देश र जनताका लागि शहीदले आफ्नो ज्यानै त्यागे तर शहीद र शहीदका सपनाका लागि कसले के गर्ने ? आजको दिनमा यो प्रश्न निकै मार्मिक बन्दै गएको छ । त्यसो त धेरै समयको अन्तरालमा दिवसकै अवसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यबाट वडा नं. २३ मा नवनिर्मित शहीद धर्मभक्त माथेमा पार्क तथा पूर्ण कदको शालिकको अनावरण गरिएको छ । शहीद माथेमालाई महानगरका उपप्रमुख हरिप्रभा खड्गी लगायत माथेमाका आफन्त र नेतृत्व वर्गले यसरी सम्झिए ।

शहीदहरुलाई सम्झने कुनै विशेष घडी त हु“दैन । यद्दपी, बालक देखि वृद्धसम्मका सबै नागरिकहरुले आजकै दिन शहीदलाई हार्दिक श्रद्धान्जली भन्दै नसक्झीकन बस्नै सक्दैनन् । शहीदको सम्मानका लागि दिवसीय कार्यक्रमहरुभन्दा पनि सबैले आफ्ने आचरण, विचार र व्यवहारमा परिवर्तन गर्न सक्नुपर्ने उनीहरुको भनाई छ ।

पक्कै हो, शहिदको सपना कुनै समय, भूगोल र स्वार्थमा मात्रै सिमित थिएन । शहीदहरुकै योगदान नै हो, आज आकाश पनि खुला छ र असम्भावनाहरु ध्वस्त भएका छन् । शहीदहरुले फ“सीको सुलीमा चढेका दिनदेखि नै हो, प्रगतिशीलता, परिवर्तन र विकासको मुल फुटेको । कवि शेरचनले त्यतिकै लेखेका हैनन्,

‘हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com