ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो


admin

बैतडी, ६ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्घि हुन थालेका छन् ।

जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएको भए पनि उनीहरुले उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । यहाँका राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् ।

प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत सामग्री प्रयोगमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । सदरमुकाम गोठलापानी बजार, शाहीलेक बजार दलहरुका झण्डा तथा पर्चा पम्पप्लेटले दुलही झैँ सिङ्गारिएका छन् ।

यस्तै पाटन बजार, सतबाझ, देहिमाडौैँ, खोडपे बजार, खोचलेक बजार लगायतका क्षेत्रमा पनि झण्डाको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भए पनि केही दलले चुनावी सभा पनि विद्यालयमै गरेका छन् ।

निर्वाचनमा प्रचारप्रसार चर्को आवाजसहित गर्ने, नारा लगाउन बालबालिकाको प्रयोग गरेका पाइएको छ । कतिपय ठाउँमा सरकारी पदधारण गरेका व्यक्ति, शिक्षक, कर्मचारी, पत्रकार पनि चुनावी प्रचारप्रसार तथा चुनावी आमसभामा सहभागी भएका देखिन्छन् ।

निर्वाचनको आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भए पनि स्थानीय प्रशासन तथा निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय मौन जस्तै बनेको छ । सम्बन्धित निकाय मौन बस्दा निर्वाचन आचारसंहिताको घटनामा वृद्घि हुँदै गएकोे हो ।

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे आफूले पनि सुनेको र कसैको उजुरी नआएकाले केही कार्वाही हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताउनुभयो । निर्वाचन आचारसहिंता अनुगमन समितिका संयोजकसमेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले भन्नुभयो, “विभिन्न ठाउँमा आचारसंहिता विपरीत काम भइरहेको छ ।”

“आचारसंहिता उल्लङ्घनबारे कसैको लिखित उजुरी आएको छैन्,” उहाँले भन्नुभयो, “लिखित उजुरी आएमा त्यसको अनुगमन गरी कार्वाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनालाई गम्भीरताका साथ लिइरहेको बताउनुभयो । अहिले फ्याट्ट फुट्ट रुपमा मात्रै आचारसंहिता उल्लङ्घन गरिएको छ भन्ने सुनिएको छ । उहाँले भन्नुभयो, “निर्वाचनको अस्तित्व नै मेटिने गरी आचारसंहिता विपरित काम भएको पाइँदैन ।”

निर्वाचनलाई शान्त र भयरहित रुपमा सम्पन्न गर्न जिल्लामा उपलब्ध सुरक्षाकर्मी तथा बाहिरबाट पनि आवश्यक सुरक्षाकर्मीको प्रबन्ध मिलाइएकाले ढुक्कसँग निर्वाचनमा भाग लिन यहाँका नागरिकलाई स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com