ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्रीद्वारा काकडभिट्टा र चारआलीमा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन


एबीसी न्यूज
माघ ८, २०७६ बुधबार  २ : ४३ बजे

काकडभिट्टा । खानेपानी मन्त्री बिना मगरले झापाको काकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको बुधबार उद्घाटन गर्नु भएको छ । 
संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले एक समारोहका बीच उद्घाटन गर्नु भएको हो । खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुवै ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोरको प्रशोधन केन्द्र निर्माण गरेको हो । 
झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको लागि काकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको हो । हालको ६५ हजार १९ जनसंख्या अर्थात  १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रति दिन १२ घन मिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्रको निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिनुभयो । प्रमुख भट्टराईले यस केन्द्रको लागत ६ करोड ७४ लाख रुपैयाँ रहेको बताउनुभयो । 

काकडभिट्टामा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको संचालन काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ । 

यसैबीच खानेपानी मन्त्री मगरले जनताको मौलिक हक संग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसंग सम्बन्धित  आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताउनुभएको छ । काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मगरले मौलिक हकलाई कार्यान्वयन गर्न मन्त्रालयले कार्यक्रमहरु अघि बढाइरहेको बताउनुभएको हो । 
“विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न बल्क प्रणालीमा खानेपानीका केही ठूला आयोजनाहरुको काम अघि बढाउदै छौं, उहाँले भन्नुभयो, “वडा, गाउँ र निर्वाचन क्षेत्रलाई मात्रै लक्षित नगरी केही जिल्लाहरु नै समेट्ने गरि आयोजनाको डिपीआर बनाउदै छौं । ताकि तराईमा खानेपानीको समस्या समाधान होस् ।” 

त्यस्तै मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडाहरु र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाहरुका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको समेत निर्माण गरिएको छ । २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसा जन्य लेदो प्रशोधन गर्ने गरि प्रशोधन केन्द्र बनाइएको हो । 
यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी रहेकोे छ । 
बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com