ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक र वाह्य पर्यटकको रोजाईमा चितवन निकुञ्ज (भिडियोसहित)


एबीसी न्यूज
माघ ८, २०७६ बुधबार  ८ : ५३ बजे


काठमाडौं, ८ माघ ।  जनवरी १ बाट नेपाल भ्रमण वर्ष २०२० संचालनमा छ । भौगोलिक, सास्कृतिक र धार्मिक सम्पदाले धनि र भरीपुण मुलुक भएको हिसावले आन्तरिक र वाह्य पर्यटकको रोजाईमा चितवन पर्ने गरेको छ । यहि चितवनको सौराहामा भने अहिले सोचे जति पर्यटक आउन सकेका छैनन ।

निकै तामझामका साथ काठमाडौंमा पर्यटन बर्षको सुरुवात गरियो । तर, सुरुवात जति तडकभडकका साथ गरिएको थियो त्यहि मात्रामा पर्यटकीय क्षेत्रमा पर्यटक आउन भने सकेका छैनन ।

यस्तै पर्यटक घट्टनेमा चितवन राष्ट्रिय निकुञ्ज रहेको सौराह पनि परेको छ । प्रदेश नं २, ३ र ४ को चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज पनि हो । यसको क्षेत्रफल ९ सय ५२ दशमलव ६३ वर्ग किमि रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । एक सिङे गैंडाको राज रहेको चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्या घटेको निकुञ्जका कर्मचारी बताउ“छन् ।

२०१५ को गणना अनुसार ६ सय ०५ को संख्यामा रहेको एक सिङे गैंडा चितवन राष्ट्रिय निकुञ्जको मुख्य आर्कसण हो । यस निकुञ्जमा पाटे बाघ, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, जरायो, बादर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन ।

सन २०१८ को बाघ गणना अनुसार ९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेका छन । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५ सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । तर, नेपाल सरकारले राजस्व वापत बढि शुल्क लिने गरेको र उपयुक्त व्यावस्थापनको अभावमा पर्यटकको संख्या घटेको पर्यटन व्यावसायीको आरोप छ ।

विसं २०५३ मा चितवन निकुञ्ज वरपरको ७ सय ५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्रको घोषणा गरिएको थियो । हाल सो क्षेत्रमा संरक्षण र विकासका विभिन्न गतिविधिहरू संचालन भईरहेका छन । मध्यवर्ती क्षेत्रमा पर्ने २० हजारी ताललाई सन २००३ मा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रुपमा सूचीकृत गरिएको छ । सिमसार अबलोकन र जंगलमै क्याम्प फायर गरी रात बिताउन विदेशी पर्यटक निकुञ्ज आई पुग्ने गरेका छन् ।

यस निकुञ्जले बाल्मीकी आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थलहरूको संरक्षण गरी स्थानीय धार्मिक परम्परालाई पनि जोगाएको छ । वर्षेनी हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरू यस राष्ट्रिय निकुञ्जको भ्रमणमा आउने हो भने हजारौं स्थानीयले रोजगारी समेत पाउनुका साथै जीविकोपार्जन हुने निश्चित छ । तर, प्रारम्भीक गुरुयोनजनाको अभाब र दुरगामी कार्ययोजना नहुदा अपेक्षकृत पर्यटकको अभावले व्यावसायी चिन्तीत छन । समय हुदै दुरगामी योजना सहित सरकार अधि बढ्ने हो भने २० लाख पर्यटक नेपाल भित्राउन कुनै कठिनाइ छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आश्वासन धेरै, उपलब्धि न्यून—सरकारको समीक्षा कडा

मनोहराको पीडाः डोजरको हुंकारसँगै सुकुम्बासीको आश्रित सपना धरापमा (फोटो फिचर)

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com