ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवा भन्छन्– सभापतिको भेलामा नबोलाउँदा चित्त दुख्यो (भिडियोसहित)


admin
पुस २५, २०७६ शुक्रबार  १ : ३५ बजे

काठमाडौं, २५ पुस । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग देउवाले भेटवार्ता गरेका छन् । देउवाले जिल्ला सभापतिहरुलाई चियापानका लागि निम्ता गरेका थिए । सभापति देउवासंगको भेटमा जिल्ला सभापतिहरुले पार्टीमा सहमतिका लागि कुरा राखे । सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफुहरुले असन्तुष्टि राखेको जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले बताए । ‘पार्टीको सदस्यता भातृ संगठनहरुले बाँड्न सक्ने भनिएको छ । नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नो सदस्यता बाँड्न नसकिरहेको अवस्थामा पार्टीको सदस्यता कसरी बाँड्छ ?’ शाहीले तर्क गरे ।

दिनप्रतिदिन जिल्ला सभापतिहरुको हक कटौती भइरहेको विषयमापनि सभापतिहरुले कुरा राखेका छन् । जिल्ला सभापतिहरुसँग ब्रेकफास्ट मिटिङ गरको सभापति देउवाले भने महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने स्पष्ट पारे । तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन पनि दिए । वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने तर सभापतिको भेलामा पार्टी सभापतिलाई नबोलाउने भन्दै देउवाले चित्त समेत दुखाए । सभापतिमा आफुसंग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईहरु आउने तर बैठकमा आफुलाई खबर नगरेको भन्दै सभापतिले चित्त दुखाएको सभापति शाहीले बताए । भोलि विजयी जिल्ला सभापति विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरुको के हालत हुन्छ ?’ सभापति देउवाले तर्क गरेको शाहीले बताए ।

सभापति देउवाको कुरा सुनेर बाहिर निस्किएका नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले कांग्रेस एकजुट भएर अघि बढ्नुको विकल्प नभएको जिकिर गरे । केसीले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिएको बताए ।
ब्रेकफास्ट मिटिङमा वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा सहभागि भएका जिल्ला सभापतिहरु र नभएको जिल्लाका सभापतिहरु पनि देउवासँगको भेटघाट कार्यक्रममा सहभागि भएका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमति र सहमतिबाट महाधिवेशन भन्ने भावना जिल्ला सभापतिहरुमा रहेको बताए । अहिलेको अवस्थामा पार्टी एकमत भएर अघि बढ्न जरुरी रहेको जिल्ला सभापतिहरुको निष्कर्ष रहेको शर्माले बताए ।

नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पु¥याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो । पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाउनुभएको थियो । भेला तीन दिनसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com