ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र इरानबीच युद्ध हुँदा नेपाललाई पर्छ यस्तो असर ( भिडियोसहित )


एबीसी न्यूज
पुस २२, २०७६ मंगलबार  १ : ३९ बजे

काठमाडौं, २२ पुस। पश्चिम एसियाका देशहरूबीचको सम्बन्ध यति जटिल छ कि को कसको दुश्मन हो र को कसको मित्र हो भनेर छुट्टयाउनै गाह्रो छ । तर, अमेरिका र इरानबीच युद्ध भएमा पश्चिम एसिया नै युद्धमा होमिने छ । र, पश्चिम एसियामा हुने हरेक द्वन्द्वको असर नेपालजस्तो मुलुकमाथि पनि पर्ने देखिन्छ ।

लाखौँ नेपालीहरू साउदी, ओमान, कतार, संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा कार्यरत छन् । युद्धको स्थितिमा उनीहरूको ज्यान पनि जोखिममा पर्न सक्छ । युद्ध धेरै समय चलेमा उनीहरू नेपाल फर्किन बाध्य हुनेछन् । त्यसपछि नेपालमा उनीहरुले सजिलै रोजगारी पाउने छैनन् । यसका कारण नेपाल भित्रिने रेमिट्यान्समा ठूलो धक्का पर्नेछ र रेमिट्यान्समा आधारित अर्थतन्त्रमा संकट देखिनेछ ।

त्यस्तो बेला सरकारको वैदेशिक मुद्रा सञ्चितिले आयात धान्न नसक्ने स्थिति पनि आउन सक्छ । रेमिट्यान्स घटेका कारण आयात शक्तिमा ह्रास हुनुका साथै नेपालले अर्बौं खर्च गरेर आयात गर्ने पेट्रोलको भाउ आकासिन सक्छ । विदेशी मुद्रा सञ्चिति नहुँदा महंगो इन्धन आयात गर्न नसक्ने अवस्थामा देश पुग्न सक्छ र देशमा नाकाबन्दीको जस्तै उर्जा संकट आइ पर्न सक्छ ।

पश्चिम एसियामा हुने द्वन्द्वका कारण नेपाली तथा नेपाल आउने जाने गर्ने विदेशीहरूको हब बनेको कतार एयरपोर्टमा पनि समस्या आउन सक्छ । जसका कारण नेपालको भ्रमण वर्षले लिएको २० लाख पर्यटक भित्र्याउने लक्ष असफल हुन सक्छ ।

तर, २८ जून, १९१४ मा अष्ट्रियाको सिंहासनका उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या युरोपको सानो सहर सारायेभोमा हुँदा नेपालका कमैले सोचेका थिए होलान् त्यसपछिको युद्धमा २० हजार गोर्खाली मारिनेछन् ।

अमेरिका र इरानबीच युद्ध भएमा दुवै देशले मात्र नभएर संसारले नै ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दीका कारण कतार एयरवेज अहिले इरानको आकाश भएर उड्ने गरेको छ । यदि इरानमा पनि समस्या भयो भने यसमा थप अप्ठ्यारो पर्न सक्छ ।

विश्लेषकहरू युद्धका कारण हुने ठूलो क्षतिको आँकलन गरेकाले अमेरिका र इरान एक अर्कामाथि नै जाइ लाग्नुभन्दा अरू देशहरूमा ‘प्रोक्सी वार’ मै लड्ने आँकलन गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com