ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न नदिने स्थानियबासीको चेतावनी (भिडियोसहित)


एबीसी न्यूज
पुस २१, २०७६ सोमबार  ९ : ५८ बजे


काठमाडौं, २१ पुस ।  २०६२ मा २ वर्षका लागि सरकारले काठमाडौ उपत्यकाको फाहोर व्यवस्थापन गर्ने शर्तमा सिसडोलमा फोहोर फाल्दै आएको छ । तर सरकारले सिसडोलबासीको माग पुरा नगरी नुवाकोटको बन्चरे डा“डामा ल्याण्डफिल्ड साइड बनाउन थालेको छ । उपत्यकाको फोहोरको दीगो व्यवस्थापन गर्न भन्दै सरकारी आयोजना पनि अघि बढेको छ । सिसडोलको समस्या सम्बोधन नगरेको सरकारले बन्चरेडा“डा“का स्थानीयको पनि माग सम्बोधन नहुनेमा आशंका बढेको छ ।

स्थानीयको माग पुरा नभए नुवाकोटको बन्चरेडा“डा“मा निर्माण भइरहेको ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न नदिने स्थानियले चेतावनी दिएका छन् । सिसडोलबासीसंग गरिएको सम्झौताहरु हालसम्म पुरा नभएकोले बञ्चरे डाँडाँमा पनि नहुने स्थानीयले आशंका गर्दै चेतावनी दिएका हुन् ।

स्थानीयले बस्ने व्यवस्था गर्न माग गरेका छन् । स्थानीय जनताका लागि बस्ने ठाउँ उलपब्ध नभए जनप्रनिधिहरुलाई दुःख हुने चेतावनी दिएका छन् । सिसडोलको हालत विग्रिदै गएपनि समन्वय समिति नभएको र काठमाडौं महानगरले बेवास्ता गरेको स्थानीयको आरोप छ । स्थानीय विश्वनाथ बजगाईँले जग्गा अधिग्रहण भन्दा फोहोरलाई व्यवस्थित तरिकाले फाल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

हाल नुवाकोटको बन्चरे डाँडाँमा ल्याण्डफिल्ड साइडको निर्माण भइरहेको छ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको निम्ति उक्त साइडको निर्माण भएको हो । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बन्चरे डा“डा“मा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । त्यसका लागि नेप वेष्ट प्रालिले निर्माणको काम गरिरहेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि १४ वर्षसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ ।

सिसडोल दुर्गन्धित भएको छ । यता, बन्चरेडाडाँमा पनि त्यही समस्या दोहोरिने देखिन्छ । २ वर्षका लागि सम्झौता भएपनि १४ वर्षसम्म फोहोर फालिएको सम्झौता सरकारले कार्यान्वयन गरेको छैन ।तर, सहरी विकास तथा भवन निर्माण विभागले भने स्थानीयको अवरोध भएपनि निर्माण कार्य नरोकिने दाबी गर्दै आएको छ । आगामी फागुनको पहिलो सातासम्ममा पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिने विभागको भनाइ छ । यता स्थानीय सरकारले माग जायज भएकाले सम्बोधन गरेर मात्रै फोहोर व्यवस्थापन गरिनुपर्ने सुझाएका छन् ।

हप्तामा एकपटक भएपनि त्यस क्षेत्रको भ्रमण गरी विकासका कामको प्रगतिका बारेमा जानकारी लिने र स्थानीयहरुका समस्या समाधानको जिम्मेवारी लिने सरकारले बताएको छ ।

संविधानले तीनै तहको समन्वय सहकार्य र सहअस्तित्वको सिद्धान्त आत्मसाथ गरेको छ । तीनै तहका सरकारको समन्वयमा आयोजना अघि बढाइनुपर्छ । उता स्थानीयले उठाउदै आएका जायज मागको ठोस सम्बोधन गर्न सरकार तयार हुनैपर्छ । स्थानीयका जायज मागलाई सम्बोधन गर्दै दीर्घकालीन व्यवस्थाका लागि सरकारले नै मुख्य कसरत गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com