ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको बसाईलाई लम्बाउने यस्ता छन् महानगरको योजना (भिडियोसहित)


admin

काठमाडौं, १७ पुस । अंग्रेजी नया“ वर्षको सुरुवातसंगै नेपाल भ्रमण वर्ष २०२० पनि बुधबारबाट सुरु भएको छ । काठमाडौं महानगरपालिकामा ‘स्वयम्भू जाउं नेपाल पर्यटन वर्ष मनाऔं’ भन्ने नाराका साथ सप्ताहव्यापी स्वयम्भू सास्कृतिक महोत्सव सुरु भएको छ । विश्व सम्पदा सुचिमा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक एवम् सा“स्कृतिक विविधताको प्रवद्र्धन गर्ने उद्येश्यका साथ काठमाडौं महानगरले भ्रमण वर्ष २०२० लाई स्वागत गरेको छ । स्वयम्भू क्षेत्रमा मात्रै ४ लाखको हाराहारीमा विदेशी पर्यटक भित्रयाउने लक्ष्य रहेको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकामा भ्रमण वर्ष २०२० स्वयम्भू क्षेत्रबाट सुरु भएको छ । विश्व शान्तीको अग्रदुत गौतम बुद्धको प्रतिक स्वरुप स्वयम्भू महाचैत्य विश्व सम्पदा पनि हो । ‘स्वयम्भू जाऔं, भ्रमण वर्ष २०२० मनाऔं’ भन्ने मूल नाराका साथ महानगरमा सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव सुरु भएको छ । अंग्रजी नया“ वर्ष स“गै सुरु भएको नेपाल भ्रमण वर्षमा विभिन्न देशहरुबाट विदेशी पर्यटकहरु पनि भित्रिरहेका छन् । स्वयम्भूमा भेटिएका विदेशी पर्यटकहरुले यस्ता कार्यक्रमहरुलाई खुलेर प्रशंसा गरे । युरोपबाट आएका यी विदेशी पर्यटकहरुले लुक्ला लगायत समगरमाथाको बेस क्याम्पसम्म जाने योजनाका साथ काठमाडौं आएको बताए ।

भ्रमण वर्ष २०२० मा स्वयम्भू क्षेत्रमा मात्रै कम्तिमा ३ लाख देखि ५ लाख सम्म पर्यटक भिœयाउने योजना रहेको काठमाडौं महानगरले जनाएको छ । स्वयम्भू क्षेत्रको किम्डोल डा“डा र नागार्जुन नगरपालिकाको सेतो गुम्बासम्ममा पदमार्गको विकास गरेर कम्तिमा १ दिनको प्याकेज बनाएर पर्यटकहरुको बसाई लम्बाउने योजना महानगरको छ । स्वयम्भू क्षेत्रमा संसारमै नभएको ढुंगेधारा, सम्पदा र क्षेत्रहरु रहेको महानगरको दावी छ । भ्रमण वर्ष २०२० सफल बनाउन सबैको भूमिका रहने बताउदै प्रबक्ता ढंगोलले सम्पदाहरुको पहिचान गर्न सके पर्यटकको बसाई कयौ दिन लम्बाउन सकिने बताउंछन्

भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने, समुदाय प्रहरीबीचको सम्बन्ध प्रगाढ बनाउने र आपराधिक गतिविधि न्यनीकरण गर्ने उदेश्यका साथ महानगरको वडा नं. १५ ले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरेको छ । पर्यटकहरुका लागि विभिन्न सूचना प्रवाह गर्ने र आवश्यक सहयोग गर्ने उद्येश्यका साथ स्वयम्भू स्तूपा वरिपरि पर्यटक प्रहरीहरु रहने र पर्यटकहरुका लागि १, २ दिनमै सूचना केन्द्रहरुको स्थापना गरिने स्वयम्भूका प्रहरी नायब उपरीक्षक लाल ध्वज सुवेदीले जानकारी दिए । भ्रमण वर्ष २०२० लाई स्वयम्भू बाट स्वागत गरेको महानगरले पहिलो दिन स्वयम्भू आउने विदेशी पर्यटकहरुलाई अतिथी सत्कार तथा व्यवस्थापन विभागले फुलमाला लगाएर स्वागत गरेको छ । यसका साथै पर्यटकहरुको बसाई व्यवस्थित र गुणस्तरीय बनाउन टेकिङ एजेन्सी अफ नेपाल र नेपाल होटल संघहरुसग पनि सहकार्य भइरहेको छ ।

निकै उत्साहका साथ नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भएको छ । तर, सरकारको वास्तविक लक्ष्य हासिलका लागि भने सम्बन्धित पक्षहरु थप जिम्मेवार बन्नुको विकल्प छैन । भ्रमण वर्षसग जोडिएका कयौं योजनाहरु ठीक समयमै पुरा भए भने पक्कै पनि भ्रमण बर्ष २०२० सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com