ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘साइबर बुलिङ’ निरुत्साहित पार्न सूचना तथा प्रविधि विधेयक ल्याइएको दावी (भिडियोसहित)


एबीसी न्यूज
पुस १४, २०७६ सोमबार  १० : ४६ बजे

काठमाडौं, १४ पुस ।  नेपाली कांग्रेसको फरक मतका वीच प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । यो विधेयकले अभिव्यक्ति स्वतन्त्रता र संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हक समेत कुण्ठित गरेको भन्दै कांग्रेसले असहमती दर्ज गरेको थियो ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । समितिको आइतबार बसेको बैठकले नेपाली कांग्रेसको असहमतीकाबीच विधेयक बहुमतले पारित गरेको हो । नेपाली कांग्रेसले विधेयकले संविधानले प्रत्याभुत गरेको नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित गरेको भन्दै विधेयकको विरोध गरेको थियो । भने सत्तारुढ दल नेकपाका सांसदले विधेयकले सुचना प्रविधिको क्षेत्रलाई अझ व्यवस्थित बनाउने भन्दै नागरिकको मौलिक हकको हनन नगर्ने जिकिर गर्दै आवश्यक प्रक्रिया अनुरुप विधेयकलाई पास गर्नुपर्ने धारणा राखेका थिए ।

सुचना प्रविधिको क्षेत्रमा यो नयाँ कानुन आउन लागेकोले यसको ढिलाईले गर्दा समस्या परेको भन्दै सत्तारुढ दलका सांसदले छिटोभन्दा छिटो पास गर्नुपर्नेमा जोड दिएका थिए । अन्ततः समितिमा लामो समयसम्म छलफलमा रहेको, सडक, सदन र सरोकारवाला क्षेत्रमा समेत निकै चासो र अर्थपूर्ण रुपले हेरिएको यस विधेयक समितीबाट पारित भएको छ ।

समिति सभापति कल्याणीकुमारी खड्काले बैठकमा विधेयक पूर्ण रुपले प्रक्रिया अबलम्बन गरी बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा गरिन् । विधेयकको १३१ दफामा ३६ संशोधन परेको थियो । ८ बुँदामा संशोधनकर्ताको कुरा समेटिएको समिती सभापति खड्काले जानकारी दिइन् । नेपाली कांग्रेसका सांसदहरुले भने दफा ८८ र दफा ९१ देखि ९४ सम्म असहमती दर्ज लिखित रुपमै राखेका थिए ।

सत्तारुढ दल नेकपाका सांसद टोपबहादुर रायमाझिले समिती र उपसमितिमा छलफल गरेर ल्याइएको विधेयकलाई अब पास गर्न ढिला गर्नुनहुने तर्क गरे । समाजलाई हानि पुराउने विषयलाई नियमनको जरुरी रहेको भन्दै विधेयक रोकेर अनिर्णयको बन्दी नबनाउन आग्रह गरे ।
विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । सामाजिक सञ्जाल फेसबुक, गुगल लगायतका कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।

लामो समयदेखि समितीमा छलफल चलिरहेको विधेयक समितिबाट पारित भएको छ । केहि बुँदाहरुमा संशोधन गरिएको छ भने नेपाली कांग्रेसको फरक मत कायमै छ । समिति बैठकबाट पारित भएको यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ । सञ्चार र सुचना प्रविधिको क्षेत्रमा यस विधेयकले व्यवस्थित, प्रभावकारी र उत्तरदायी भुमिका निर्वाह गर्नेछ भन्ने आशा गरौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com