ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७१ करोड रूपैया उखु खेती गर्ने किसानको रकम मिलका सञ्चालकले नदिएपछि काठमाडौंमा धर्ना, (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १४ पुस । गुलियो उखु रोपेका सलार्हीका किसानको मन तीन वर्ष देखि अमिल्लिएको छ । नगदेवाली भनेर उखु रोपका २० हजार किसानले वर्षसदिन बितिसक्दा पनि पैसा पाउन सकेका छैनन । खेतवारीको काम छोडेर काठमाडौमा आएका उनिहरुले सरकारसंग हारगुहार गरेका छन । आफ्नो पीडा सुनाउन दुई हप्ता अघि काठमाडांै आएका उनीहरुको समस्या सुन्ने फुर्सद भने सरकालाई अहिलेसम्म मिलेको छैन ।

माइतीघर देखि सिंहदरबार १ किलोमिटरको दुरीमा हिडेर १५ मिनेटमै पुगिन्छ । सिंहदरवारबाट १५ मिनेटको दुरीमा सर्लाहीका पीडित उखु किसानहरु धर्ना दिइरहेका छन । २५/३० जनाको समुह बनाएर सर्लाहीबाट काठमाडौ आएको २ हप्ता बित्दा समेत किसानहरुको समस्याको सुनुवाई सिहदरवारले गर्न सकेको छैन । सर्लाहीको अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले तीन वर्ष अघि देखि किसानको उखुको करोडौ मुल्य नदिएपछि उखु किसानहरु आन्दोलित भएका छन् ।

खेतबारीमा काम गरेर बस्ने किसानहरु पहिलो पटक काठमाडौमा आएका छन । उनीहरु मध्ये धेरैका दाह्री फुलेका छन, हात खुट्टा समेत फुटेका छन । काठमाडौको जाडोले उनीहरु कठ्ग्रीएर भएपनि सरकारले आफनो माग सुन्छ की भनेर धर्ना दिइरहेका छन ।

काठमाडौको जाडोमा पातलो धोती र चप्पल लगाएर अन्तिम पटक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले आफुहरुलाई दिएको पीडा बिरुद्ध उत्रिएको बताउछन् किसानहरु ।

अन्नपूणका राजेश अग्रवाल र महालक्ष्मी सुगर मिलका बिरेन्द्र कोनोडियाले पैसामाग्दा उल्टै थर्काउने गरेको उनीहरुको गुसानो छ । नगदेबाली भनेर उखु खेति गरेका उनीहरु उखु कै कारण ऋणमा डुवेका छन ।

अन्नपुर्णले ५० करोड र महालक्ष्मीले २१ करोड गरी कूल ७१ करोड रूपैया उखु खेती गर्ने किसानको रकम मिलका सञ्चालकले नदिएपछि किसानको विचल्ली भएको छ । आफनो रोजीरोटीको बाटो नै बन्द हुन लागेको भन्दै सर्लाहीका किसानहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com