ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा भुमिगत पानीको प्रयोग बढ्दैं : पानी उद्योग हटाउन स्थानीयको माग ( भिडियोसहित)


एबीसी न्यूज
पुस ११, २०७६ शुक्रबार  १२ : १९ बजे

काठमाडौँ , ११ पुस । काठमाडौँ उपत्यकामा पानीको अभावमा भुमिगत पानीको स्रोतको प्रयोग बढ्दै गइरहेको छ । उपत्यकामा करिब ४० हाराहारीमा भुमिगत पानी निकाल्ने स्रोत सञ्चालनमा छन् भने करिब ७०० ट्यांकरहरुले पानी विक्री वितरण गर्दै आइरहेका छन् ।

भुमिगत पानी निकाल्दा वातावरणीय असर पर्ने भन्दै जनगुनासो आउने गरेको छ भने सरोकारवालाले पानी निकाल्ने वित्तिकै असर भइहाल्ने नभइ त्यसको वैज्ञानिक अध्ययनको आधारमा मात्रै असर पर्ने बताएका छन् ।

काठमाडौँ उपत्यकामा दिन प्रतिदिन जनसंख्य वृद्धि भएसँगै भुमिगत पानीको स्रोतको प्रयोग बढ्दै गइरहेको छ । काठमाडौँको मेलम्ची सपना हालसम्म पुरा हुन सकेको छैन । पानीको निकै समस्या रहेको काठमाडौँमा भुमिगत पानीको स्रोतको प्रयोग गर्नुको विकल्प छैन ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भुमिगत स्रोतबाट पानी निकाली ट्यांकरमार्फत विक्रि वितरण हुने गरेको छ र त्यसैबाट दैनिक जिवन चलाउनुपर्ने बाध्यता रहेको छ । काठमाडौँमा दैनिक ४० करोड लिटर पानीको माग हुँदै आएको छ । त्यसमध्ये सरकारी निकायले करिब १५ करोड लिटरको हाराहारीमा मात्रै उपलब्ध गराउने गरेको छ । अन्य निजी निकाय र कम्पनीहरुले बाँकी माग पुर्ति गर्दै आइरहेका छन् ।

ति सबै आवश्यकताको पुर्ति गर्ने भनेको भुमिगत पानी निकालेर नै हो । तर, भुमिगत पानीको अत्याधिक दोहन गर्दा वातावरणीय र पर्यावरणीय असर पर्ने भन्दै स्थानीय बासिन्दाहरु पानी उद्योगलाई हटाउन माग गर्दै पनि आएका छन् । काठमाडौँ दिन प्रतिदिन सुख्खा हुदै जाने, भासिँदै जाने र भुअवस्था कमजोर बन्ने चिन्ता काठमाडौँबासीले गर्दै आइरहेका छन् । यद्यपी काठमाडौँबासीसँग यस्तो स्रोतको पानीको प्रयोग गर्नुको विकल्प भने छैन ।

भुमिगत पानीको स्रोत निकाल्न अनुमती दिने निकाय काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड भने यसरी पानी निकाल्दा सबै ठाउँमा असर नपर्नेे बताउँछ । वैज्ञानिक रुपमा परिक्षण गरेर पानी निकाल्ने अनुमति दिइने हुँदा पानी निकाल्दैमा असर गरिहाल्ने भन्ने नहुने बोर्डको तर्क छ ।

जमिन मुनिबाट पानी निकाली बेच्ने ४० वटा कम्पनी काठमाडौँमा रहेका छन् । तिनले ट्यांकरमार्फत विक्रि वितरण गर्दै आइरहेका छन् । बोर्डको तथ्यांक अनुसार यस्ता ७०० ट्यांकर दर्ता भएका छन् । करिब १ हजार वटा ट्वीवेल सञ्चालनमा रहेकोमा ७५ प्रतिशत बढीले लाइसेन्स लिइसकेको र बाँकी लाइसेन्सको प्रक्रियामा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड बताउँछ । पानी निकाल्ने कम्पनीहरुले मापदण्ड विपरित पानी निकाल्ने र अवैद्य रुपमा बेचविखन गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । ट्यांकरबाट आउने पानी अशुद्ध हुने प्रयोगकर्ताहरु बताउँछन् । ट्यांकरबाट विक्रि वितरण हुने पानीको गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ । तर ट्यांकर तथा बोरिङ व्यवसायीले भने सरकारले तोकेको मापदण्ड अनुरुप नै काम भइरहेको जिकिर गर्छन् ।

सरकारी निकायले पानी निकाल्ने ठाउँ र विक्रि वितरण गर्ने ट्यांकरको अनुगमन, निरीक्षण नगर्ने गरेकोले व्यवसायीको मनोमानि रहेको जनगुनासो व्याप्त छ । यद्यपी काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अनुगमन र गुणस्तरको परिक्षण निरन्तर भइरहेको बताउँछ ।

उपत्यकामा अहिलेसम्म पानीको हाहाकार छ । धारामा नियमित पानी आउँदैन । हप्ता दश दिनमा आएको पानीले मुख धुन पनि पुग्दैन अन्य प्रयोजनको निम्ति त परैको कुरा । यस्तो अवस्थामा भुमिगत पानीको स्रोतले काम चलाउनुको विकल्प छैन । तर यसलाई व्यवस्थित र गुणस्तरीय बनाउनु आवश्यक छ । कतिपय कम्पनी अवैध चलिरहेका छन् । स्थानियले भविष्यको वातावरणीय असर हुने भन्दै हटाउन दबाब दिने गरेका पनि छन् । तर व्यवसायी सरकारको अनुमतीमा पूर्ण प्रक्रिया पुरा गरी सञ्चालन भएको बताउँछन् ।

भुमिगत पानी निकाल्न सरकारले अध्ययन अनुसन्धान नगरीकन त्यस्सै अनुमति पक्कै दिएको होइन होला । आगामी दिनमा यसको वातावरणीय असरलाई ध्यान दिदैँ कडाई गर्नु र सञ्चालनमा रहेका पानी, ट्यांकर उद्योगहरुलाई निरन्तर अनुगमन गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com