ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका जडिबुटी भारत निकासी हुन थाले, ट्रान्जिट परमिटको भारतीय अवरोध भने कायमै (भिडियोसहित)


एबीसी न्यूज
पुस ७, २०७६ सोमबार  ११ : २८ बजे

नेपालगन्ज, ७ पुस । विगत एक वर्षदेखि भारत निकासी रोकिएको नेपाली जडीबुटी निकासी खुल्ला गरिएको छ । भारतले नेपाली जडिबुटीमा विभिन्न कारण देखाउँदै निकासीमा रोक लगाएपछि नेपाली व्यवसायीहरु समस्यामा पर्दै आएका थिए । प्रतिबन्ध लगाएको एक वर्षपछि भारतको प्लान्ट क्वारेन्टाइनले आंशिक अवरोध हटाएपछि नेपाली जडिबुटी भारत निकासी हुन थालेको छ ।

तर ट्रान्जिट परमिटको अवरोध भने कायमै छ । भारत सरकारले २०१९ अक्टोबर १ मा राजपत्रमा सूचना प्रकाशित गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची सार्वजनिक गरेको थियो । त्योसँगै नेपालबाट भारतमा जडिबुटी गर्ने बाटो समेत खुल्यो । भारतले नयां सूची जारी गरेपछि अहिले बाँकेको नेपालगञ्जमा रोकिएको जडीबुटीको निकासी शुरु भैसकेको छ । भारतीय राजपत्रमा प्रकाशित सूचना अनुसार १ सय २२ प्रकारका जडीबुटीको नयाँ सूची थप गरिएकोे थियो । सूची जारी गरेसँगै नेपालगञ्जमा रोकिएको ३२ प्रकारका जडीबुटीको निकासी शुरु भएको जडिबुटी व्यवसायी सञ्जय कुमार जैनले बताए । भारत सरकारले अझै पनि केही जडीबुटी सूचिकृत नगरेको जैनले जनाए ।

नेपालवाट बार्षिक १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निर्यात हुने गरेको छ । जसमध्ये सबैभन्दा बढी जडिबुटी नेपालगञ्ज नाका भएर भारत निकासी हुने गरेको छ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाबाट संकलन गरेर यहाँका व्यवसायीहरुले नेपालगञ्ज हुँदै जडिबुटी भारत निकासी गर्ने गरेका छन् ।

भारतमा रोकिएको जडिबुटी निकासी शुरु भए पनि नेपाल सरकारले नै झया्उ लगायत जडीबुटीमा १० बर्ष देखी विनाकारण प्रतिबन्ध लगाएको व्यवसायीको गुनासो छ । कुनैपनि किसिमको हानी नोक्सानी नहुने जडीबुटीको प्रतिबन्ध फुकुवा नगर्दा राज्यको ठुलो राजश्व गुम्नुका साथै निम्न बर्गका जनताको रोजीरोटी खोसीएकोले प्रतिबन्ध फुकुवा गर्नुपर्ने नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुब अन्सारी बताउंछन् ।

पछिल्लो समय निकासी शुरु भए पनि केही जडिबुटी सुचिकृत गर्न छुट्ेको छ । साथै ट्रान्जीट परमिटको समस्या पनि यथावत नै रहेको छ । यी समस्या समाधान गर्न सरकारलाई कुटनीतिक पहल गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com