ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी पारित गर्ने विषयमा नेकपाभित्रै विवाद , इण्डोप्यासिफिक रणनीति एक अंग भएको नेताहरुको दाबी ( भिडियोसहित)


एबीसी न्यूज
पुस ६, २०७६ आईतबार  ११ : ३१ बजे

काठमाडौं,  ६ पुस ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यान्वयनको सम्बन्धमा सत्तारुढ दल नेकपा भित्रै विवाद शुरु भएको छ । एकथरी नेताहरुले यो विशुद्ध आर्थिक परियोजना भएकोले यसले नेपाललाई फाइदा पुग्ने र संसदबाटै पास गराउनुपर्ने तर्क गर्छन् , अर्काथरी नेताहरुले इन्डोप्यासेफिक स्ट्राटेजी अन्र्तगतको सैन्य गठबन्धनस“ग एमसीसीको सम्बन्ध रहेकोले यो कार्यान्वयन भए नेपालको परराष्ट्र नीतिमै खलल पुराउने भन्दै एमसीसी माथि प्रश्न उठाइरहेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्बन्धमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद बढेको छ । नेताहरु यसको पक्ष र विपक्षमा विभक्त हुन थालेका छन् । केही नेताहरुले यसको औचित्यको प्रश्न उठाउँदै आएका छन् भने केही नेताहरुले यसको तिव्र विरोध जनाएका छन् । सरकार यसको बचाउमा लागेको छ ।

पछिल्लो समय संसदबाटै पास गराउने चर्चा चलिरहँदा यसको पक्ष विपक्षमा मत बाझिएको हो । विश्वव्यापी गरिबीलाई कम गर्नका लागि अमेरिकाले अल्पविकसित तथा विकासोन्मुख देशहरुलाई दिने सहायता नै मिलेनियम च्यालेन्ज कर्पोरेसन भनिएको छ । अहिले २० देशमा यो कार्यक्रममार्फत् अमेरिकाले विभिन्न देशमा सहयोग गरिरहेको बताएको छ । नेपालमा सन् २०१७ देखि नै मिलेनियम च्यालेन्ज कर्पोरेसनको नाममा सहयोगका लागि भन्दै कार्यक्रम सुरु भएको हो । २०७५ असोज ५ गते नेपाल सरकारले ऊर्जा व्यापारलाई राष्ट्रिय गौरवको आयोजना भएकाले एमसीसीको आयोजनाअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने गरी निर्णय गर्यो । यद्यपी नेकपाभित्र एमसीसी स्विकार्न नहुने तर्क पनि उत्तिकै बलियो छ ।

इन्डो प्यासिफिक स्ट्राटेजी अमेरिकाले आफ्नो साम्राज्य कायम राख्नका लागि बनाएको एउटा सैन्य रणनीति हो भन्ने आरोप पनि उत्तिकै छ । आफ्नो साम्राज्य बिस्तारका लागि अमेरिकाले नेपाल जस्ता देशमा अमेरिकी सेना तैनाथ गर्ने र निगरानी गर्ने नीति रहेको भनिदै पनि आएको छ । नेपालले बिआरआई परियोजनामा हस्ताक्षर गरेको छ । बिआरआई र इन्डोप्यासिफिक विश्व शक्ति राष्ट्रका प्रतिस्पर्धात्मक रणनीति हुन् । तर एमसीसी इन्डोप्यासिफिक अन्र्तगत नै हो भन्ने अवस्था नभएकोले आर्थिक परियोजना मात्रै हो भएको नेकपाका अर्का थरिका नेताको धारणा छ ।

नेकपा वृत्तमा एमसीसी प्रस्ताव पारित गर्नु ठिक हो होइन, भन्दा पनि राष्ट्रिय हितमा हो कि होइन भन्नु नै मुलुकका लागि हितकारी हुनेछ । नेपाल जस्तो सामरिक महत्वको मुलुकमा शक्तिराष्ट्रहरुको चासो बढ्दै जानुको परिणाम हुन् यी सन्दर्भ। तर, शक्ति राष्ट्रहरुको चासो बढ्नु र रणनीतिक परियोजनामार्फत नेपालमा प्रभाव पार्नु उनीहरुको विश्वअर्थराजनीतिक चरित्र हो । मुलतः, नेपालले नै ठिक या बेठिक भन्नेमा साझा बुझाइ गर्दै मुलुकको हितको पक्ष्ँमा भए विवाद गरिरहनुको औचित्य छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com