ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा नै विकासको पहिलो खुड्किलो हो– मुख्यमन्त्री राउत


admin
पुस ५, २०७६ शनिबार   ६ : १२   बजे

जनकपुरधाम, ५ पुस । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २मा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताउनु भएको छ ।
नेपाल तराई इन्जिनियर्स एशोसिएशनले जनकपुरमा आज आयोजना गरेको प्रदेश २मा इन्जिनियरिङ्ग कलेजको आवश्यकता विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो कुराको उदघोष गर्नु भएको हो ।

उहाँले प्राविधिक विश्व विद्यालय स्थापनाको लागी गृहकार्य अन्तिम चरणमा रहेकोले यसै महिना विधेयक सदनमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नु भयो । केन्द्रको गिद्धे दृष्टिका कारण प्रदेश नं। २ को शैक्षिक विरासतमा ह्रास आएको उल्लेख गर्नु हुँदै उहाँले पुरानो गरिलाईपुनः स्थापित गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो । मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलको क्रममा रहेको जानकारी गराउनु हुँदै विधेयक पारित भए लगतै एकपालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने समेत बताउनु भयो । शिक्षा नै विकासको पहिलो खुडकिलो रहेको बताउनु हुँदै उहाँले प्रदेश सरकार शिक्षामा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

शोसिएशनका अध्यक्ष डा. ई. अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा, इन्जिनियर सत्यनारायण साह सहितका वक्ताहरुले इन्जिनियरिङ्ग संस्थाको आवश्यकता र औचित्य बारे आ–आफनो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group