ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादको के कुरा लोकतन्त्रकै विषयमा लाइभ बहस गर्न देउवालाई ओलीको चुनौति (भिडियो)


ABC News

काठमाडौं । देशभर चुनावका लागि उमेदबार र पार्टीका कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेका छन् । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ मा प्रतिस्पर्धी नै नभएजस्तो छ । एबीसी टिम झापा पुग्दाको दिनमा विभिन्न ७ वटा सभा र प्रशिक्षणलाई ओलीले सम्वोधन गरे । सबै ठाउंका भाषणमा केही न केही नयांपन र हांस्यरसले ओगटेको थियो । बेलुका दमकमा रहेको ओली निवासमा सप्तरीदेखि इलामसम्मका नेता कार्यकर्ताको भीड थियो । सुबास नेम्वाङसमेत आइपुगेका थिए । ओलीले अविर पखालेर कुर्तापाइजामामा हामीसंग भेट्दा रातको ११ बजेको थियो । तर उनको जोश र फूर्ति विहानको जस्तै थियो । कुराकानीकै क्रममा हंसाए, ओलीलको दिनचर्या नबुझ्ने मानिस फस्छ । यो समग्र ओली जीवनकै गुदी कुराजस्तो थियो । ओलीको बोलीमा विजयभाव, गम्भीरता र बढ्तै आत्मविश्वासी प्रबृति बढेको देखियो । उनले शेरबहादुर देउवालाई लोकतन्त्रको बहमा सार्वजनिक उत्रिन चुनौति मात्र दिएनन् । आफूलाई भारत विरोधी भनिरहेका बेला ओलीले नेपाल भारत सम्वन्ध विग्रन नसक्ने गज्जब अभिव्यक्ति दिए । तर उनी अलि बढ्तै आक्रोशित अधिनायकवादी भनेकोमा थिए । त्यसकै जबाफमा ओलीले देउवालाई सोसलिष्ट इन्टरनेश्नलको सदस्यता त्याग्न, विपीले गल्ती गरेको भन्न र जहां गएर पनि एउटै कुरा बोल्न बानी बसाल्न सक्ने कि नसक्ने भन्दै झम्टीहाले ।

ओलीमा यतिबेला उनका सहयोद्धा बनेका प्रचण्डप्रति गज्जब सम्मान र आपसी विश्वास रहेको भाव प्रष्टै झल्कन्थ्यो । पार्टी एकताको बढ्ता क्रेडिट प्रचण्डलाई दिन रुचाए ओली । अन्तर्वार्ताका क्रममा भने मैले जति गरेपनि प्रचण्डजी तयार नभएको भए के लाग्थ्यो र रु लाग्छ कि ओली अबको एक महिनामा आरामदायी बहुमतीय सरकारको प्रधानमन्त्री बन्न कुनै बाधा छैन । तर उनले म एकपटक जनतालाई , आफ्नो पार्टीलाई र प्रचण्डजीलाई सोध्छु भन्दै कुटनीतिक जबाफ दिए । पूरा भिडियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com