ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह


admin

काठमाडौं, २६ मंसिर ।वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न विकसित देशहरुलाई आह्वान गर्नुभएको छ । स्पेनको राजधानी म्याड्रिडमा जारी संयुक्त राष्ट्रङ्सघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा उहाँले विकसित देशलाई कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराउनुभयो ।

विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीतिनिर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने मन्त्री बस्नेतको भनाइ रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । मन्त्री बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्ने पेरिस सम्झौता कार्यान्वयनमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै विकसित देशहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै उहाँले कार्बन उत्सर्जनको वर्तमान वृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरु उच्चतम जोखिममा रहेको उल्लेख गर्नुभयो । दक्षिण एशियामा मात्र विश्वको २० प्रतिशत जनसङ्ख्या हिन्दू–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औँल्याउनुभएको थियो । हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोबास गर्ने ठूलो जनसङ्ख्या हिमताल विस्फोटन, अत्यधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उहाँले यो क्षेत्रमा विशेष ध्यान दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो ।“जलवायु लगानीको ८० प्रतिशत सबैभन्दा तल्लो तहमा परिचालन गर्ने राष्ट्रिय जलवायु परिवर्तन नीति तय गरेर नेपालले जलवायु परिवर्तनको एजेण्डा कार्यान्वयनमा ठूलो फड्को मारेको छ”, मन्त्री बस्नेतले भन्नुभयो । नेपालले स्थानीयस्तरसम्म प्रकोप तयारी र प्रतिकार्य, जोखिम मूल्याङ्कन र जलवायु अनुकूलनका कार्यहरु गरिरहेको उहाँले सम्मेलनमा जानकारी दिनुभएको प्रेस संयोजक भट्टले बताउनुभयो ।

मन्त्री बस्नेतले सम्मेलनमा नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चका रूपमा ‘सगरमाथा संवाद कार्यक्रम’को आयोजना गरेको जानकारीसमेत गराउनुभएको थियो । उहाँले सम्मेलनमा सहभागीहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउँदै आगामी सन् २०२० मा नेपाल भ्रमण गर्न निम्तासमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com