ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तोकिएकाे भाडाबाहेक बढी भाडा नलिन यातायात मजदुरलाई आग्रह


admin

सपना थामी, काठमाडौ । २७, कात्तिक । राजधानीमा सवारी साधानको चाप, अव्यवस्थित सडक, सार्वजनिक यातायातमा भीडभाँड, ध्वनी तथा वायु प्रदुषण आम नागरिकमा टाउको दुखाईको विषय बनिरहेको छ । अव्यवस्थित सडक चापको कुरा एकातिर त छदै छ, सार्वजनिक यातायातमा यात्रु र चालक तथा परिचालक बीच कहिल्यै पनि सम्मानजनक व्यवहारको वातावरण नबन्नु अर्को दुर्भाग्यकाे विषय बनेको छ । सवारीसाधान, सडक, ट्राफिक व्यवस्थापन लगायतका विषयमा महानगरिय ट्रफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त आयोजनामा यातायात व्यवसायी तथा चालकहरुलाई काठमाडौंमा प्रशिक्षण दिईएको छ ।

करिब १३ वर्ष पछि काठमाडौमा यातायात व्यवसायी तथा मजदुरहरुलाई लिक्षत गर्दै प्रशिक्षणात्मक कार्यक्रम आयोजना भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ द्धारा यातायात व्यवसायी तथा मजदुरहरुका पेशा मर्यादिन र सम्मानजनक बनाईनुपर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरेको देखिन्छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अव्यवस्थित यातायात चापलाई न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्नुपर्छ भनेर सबैलाई थाहा भए पनि चालक र ट्राफिक प्रहरीबीच सकारात्मक सहकार्य कहिल्यै हुन नसकेको बताए । यातायात व्यवसायी तथा मजदुरहरुले देशको अर्थतन्त्रमा योगदान पुर्याइरहेको, देशको विकास निर्माणमा सहयोग गरिरहेको र आम नेपालीहरुको जीवन सरल बनाईरहेको भन्दै यातायात व्यवसाय एक मर्यादित पेशा भएको बताएका छन् । तर यात्रु तथा चालकहरु ट्राफिक नियमको अनुशासनमा चल्न नसकेका कारण सडक तथा यातायात व्यवसायको क्षेत्रका समस्या झन् बढीरहेको उनको भनाई छ । उनले कमीकमजोरीहरु ट्राफिक प्रहरीहरुमा पनि हुने भएकोले यस्ता गल्ति कमजोरीलाई सुधार्दै गएको र केही सुध्रिएको जानकारी समेत दिए । उनले विकसित मुलुकमा र हाम्रो देशबीच रहेको सडक तथा ट्राफिक व्यवस्थापन बीच भएको भिन्नता बारे छोटो प्रस्तुतीकरण राखेका थिए ।

कार्यक्रममा सार्वजनिक यातायातका सहचालकहरुले यात्रुलाई बढी पैसा लिएर ठगीरहेको विषय पनि उठाईएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला ले त सम्बन्धित निकायबाट चानचुन पैसाको व्यवस्था गरिनुपर्ने र तोकिएको भाडादर बाहेक अधिकतम भन्दा अधिकतम पैसा फिर्ता गरिदिन यातायात मजदुरहरुलाई अनुरोध पनि गरे । उनले यातायात मजदुरहरुलाई आफ्नो पेशालाई मर्यादित बनाउन सबैस“ग अनुशासित भएर व्यवहार गर्न र सभ्य पोशाक लगाउन समेत अनुरोध गरेका थिए । निकट भविष्यमा सार्वजनिक यातायातमा वैज्ञानिक ढंगबाट भाडा असुल्ने र यातायात व्यवसाय पनि प्रविधिमैत्री बनाईने उनले बताए । सार्वजनिक यातायातमा सहचालकहरुले १ रुपैंया मात्र बढी असुल गरेको पैसाले एक दिनमा २१ लाख उपभोक्ताले उपभोग गर्न सक्ने उनले बताए । देशमा सडकको अवस्थाप्रति चिन्तित हुदै उनले अबको कम्तिमा ५ वर्ष सवारीसाधन आयात गर्न बन्द गरिनुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डाेलनाथ खनालले यो कार्यक्रम यातायात क्षेत्रकाे ईतिहासको पहिलो कार्यक्रम भएको बताए । यातायात क्षेत्रको पेशा, लगानी र रोजगारलाई व्यवस्थित र मर्यादिन बनाउन व्यवसायी, ट्राफिक र मजदुर बीच सकारात्मक सहकार्य हुनुपर्ने उनले बताए । यात्रुको चाप र सडकको अवास्थको आधारमा सवारी साधनहरु आयात गरिनुपर्ने उनले बताए । आगामी दिनमा सवारी साधनको प्रकृतिअनुसारको चालक तथा सहचालकहरुलाई औपचारिक रुपमा लगाईने पोशाक बारे पनि आन्तरिक तयारी भईरहेको उनले जानकारी दिए । उनले सवारी साधान तथा यातायात व्यवसायको क्षेत्रमा सुधार गर्नुपर्ने धेरै काम रहेको र अहिले पनि सामान्य लाईसेन्सले नै हेबी लाईसेन्सका सवारीसाधानहरु चलिरहेको उनले बताए । ट्राफिक प्रहरी, यातायात मजदुर र व्यवसायी बीच एकअर्कालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने उनको भनाई छ ।

यातायात व्यवसायीहरु यस क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउनुपर्छ भनेर लागिरहेका छन् । सवारी साधन तथा व्यवस्थापनको क्षेत्रमा ट्राफिक प्रहरीहरु पनि दिनरात आ–आफ्नो पेशामा खटेकै छन् । तर पनि सार्वजनिक यातायातमा हिड्डुल गर्ने आम नागरिकलाई हुने सास्ती भने कहिल्यै घटेको छैन । सवारी चालक, यात्रु र ट्राफिक प्रहरी बीच जहिल्यै पनि लुकामारी खेले झैं एक्ले अर्कोलाई खेदो खन्ने क्रम जस्ताको तस्तै छ । यातायात व्यवसायलाई व्यवस्थित र अनुशासित बनाउन यी यस्तै सचेतनाका कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्नेछ । यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बीच यी यस्ता विषयमा धेरै भन्दा धेरै अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना हुन जरुरी छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com