ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा तिव्र प्रतिस्पर्धा, अप्रत्यासित परिणाम आउन सक्ने


एबीसी न्यूज
कार्तिक २३, २०७४ बिहीबार  ११ : १८ बजे

गौशाला, २३ कात्तिक ९रासस० ः प्रतिनिधि सभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा मंसिर २१ गते हुन गइरहेको चुनावमा अप्रत्यासित परिणाम आउने विश्लेषकको अनुमान रहेको छ ।

ठूलैरुपमा पैसाको खेल र जातीय समीकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने र त्यसबाट अप्रत्यासित परिणाम आउने विश्लेषकको दाबी रहेको छ ।

मधेश आन्दोलनको परिणामस्वरुप जन्मिएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरतसिंह भण्डारी गरी दुईजना सदस्य महोत्तरीबाटै प्रतिनिधि सभा चुनाव लडेका कारण यसपालि महोत्तरीको चुनाव निक्कै रोचक हुने र परिणाम पनि अप्रत्यासित आउने विश्लेषकको ठम्याइ रहेको छ ।

महोत्तरीको राजमार्ग र उत्तरी क्षेत्रको भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का प्रभावशाली नेता एवं बहालवाला मन्त्री गिरिराजमणि पोखरेल उम्मेदवार हुनुहुन्छ ।

उहाँ महोत्तरीको बर्दिवासमा पूर्वाधार विकास, विभिन्न सरकारी कार्यालय स्थापना गरेका कारण त्यस क्षेत्रमा निक्कै लोकप्रिय हुनुहुन्छ भने यसअघि संविधान सभाका पहिलो र दोस्रो निर्वाचनमा त्यस क्षेत्रबाट विजयीसमेत भइसक्नुभएको छ ।

उहाँको प्रतिष्पर्धामा सोही क्षेत्रमा दोस्रो संविधान सभाका निर्वाचनका बेला क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनुभएका नेपाली काँग्रेसका नेता सीताराम भण्डारी पुनः नेपाली काँग्रेसका उम्मेदवार बन्नुभएको छ । उहाँ स्वच्छ छवि, इमान्दार, मिलनसार र सादा जीवन, उच्च विचार भएका नेताको रुपमा चिनिनुहुन्छ ।

त्यसैगरी, राजपा– संघीय फोरम गठबन्धनका तर्फबाट फोरमका लक्ष्मी महतो कोइरी उम्मेदवार बन्नुभएको छ । कोइरी जातिको विशेष बसोबास रहेको त्यस क्षेत्रमा दुई नेपाली भाषी उम्मेदवारको मत बाँडिएको खण्डमा उहाँको अवस्था बलियो हुने विश्लेषक बताउँछन् । लक्ष्मी महतो पूर्व गाविस अध्यक्ष हुन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद किरण यादवबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

यादव बाहुल्यता रहेको सो क्षेत्रमा यसअघि पनि किरण यादवले संविधान सभाको चुनावमा निर्वाचित हुनुभएको हो भने राजपा–फोरम गठबन्धनका साझा उम्मेदवार भण्डारीको स्थिति पनि निक्कै बलियो रहेका कारण दुवैबीच सोझो प्रतिष्पर्धा हुने विश्लेषक बताउँछन् ।

त्यसैगरी, महोत्तरीको सदरमुकामसहितका क्षेत्र नम्बर ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर र उहाँकै बागी उम्मेदवार पूर्व स्वतन्त्र सांसद चन्देश्वर झाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

ब्राह्मण, भूमिहार बाहुल्य रहेको यस क्षेत्रमा नेपाली काँग्रेसका भूमिहार समुदायका उम्मेदवार रहेका बजरंग नेपालीले महन्थ ठाकुरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि अब महन्थ ठाकुर र चन्देश्व झा दुवै ब्राह्मण रहेका कारण निक्कै रोचक भीडन्त हुने विश्लेषक बताउँछन् ।

उहाँहरुका अर्का प्रतिष्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले०का विजयकुमार चौधरी रहनुभएको छ । जो गठबन्धनका कारण बलियो हुनसक्ने आँकलनसमेत गरिएको छ ।

महोत्तरीको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति महेन्द्रकुमार राय उम्मेदवार हुनु भएको छ । उहाँलाई जिल्लास्तरमा प्रभावशाली नेता मानिएको छ ।

त्यस्तै, यस क्षेत्रमा राजपा–फोरम गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव उम्मेदवार हुनु भएको छ । गठबन्धनका कारण उहाँ पनि बलियो रहेको बुझिएको छ । तर सोही स्थानबाट राजपा नेपालका महासचिव इञ्जिनियर देवेन्द्र यादव पनि बागी उम्मेदवार हुनुहुन्छ, जसले गर्दा परिणाम अप्रत्यासित आउन सक्ने विश्लेषक बताउँछन् ।

त्यसैगरी, सोही स्थानबाट वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का मो रजी हैदरले उम्मेदवारी दिनुभएको छ । मुस्लिम बाहुल्यता रहेको त्यस क्षेत्रमा उहाँको पक्षमा पनि मतपरिणाम आउन सक्ने विश्लेषकको अनुमान रहेको छ ।

समग्रमा महोत्तरी जिल्लाको कुनै पनि क्षेत्रमा कसैको एकल दाबेदारी नरहेको र चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित मत परिणाम आउन सक्ने विश्लेषकको बुझाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com