ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्री मगरको प्रतिबद्धता : ‘एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ ’


admin
मंसिर १, २०७६ आईतबार  ४ : ३६ बजे
कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।
कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको हो ।
सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उहाँले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताउनुभयो । ‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो ।’ उहाँले भन्नुभयो, ‘जसका कारण अहिले सम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’
उहाँले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताउनुभयो । यो सडक भित्री सडक भएपनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उहाँको भनाइ छ । ‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ, उहाँले भन्नुभयो, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’
मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गर्नुभयो । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गर्नुभयो । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ ।
मन्त्री मगरले सोमबार नै प्राबिधिकको टोली आएर सडकको अवलोकन गर्ने र थप प्रक्रियाहरु अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो सडकमा पानी जम्ने समस्या पनि रहेकोले त्यसको दीर्घकालिन समाधानको उपायका साथ सडक कालोपत्रे गरिने मन्त्री मगरको भनाइ छ ।
सो अवसरमा पुनर्वास नगरपालिकाका मेयर थापा, बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, सडक डिभिजनका ईञ्जीनियर अर्जुन बहादुर बम लगायतको उपस्थिति थियो ।
गत बर्ष पनि खानेपानी मन्त्री मगरले सरकारले दिएको ४ करोड रकम कञ्चनपुर क्षेत्रको विकासमा नै खर्च गर्नुभएको थियो । उहाँले १ करोड रुपैयाँ पुनर्वास नगरपालिकालाई प्रदान गर्नुभएको थियो । जसमा ४० लाख रकम पुनर्वास १० को लमैया पुल निर्माणका लागि खर्च भएको थियो । १० लाख पुनर्वास ९ मा भ्यू टावर निर्माणका लागि खर्च भएको थियो ।
त्यस्तै उहाँले बेलौरी नगरपालिकामा पनि १ करोड रुपैयाँ सडक निर्माण, बाटोघाटो निर्माण, बिद्यालय भवन निर्माण लगायतका कामका लागि छुट्याउनुभएको थियो । त्यसैगरि लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका लागि पनि १-१ करोड रुपैयाँ उहाँले छुट्याउनुभएको थियो ।

उहाँले कञ्चनपुरका बिभिन्न स्थानीय तहका १ सय स्थानमा खानेपानीका योजनाहरु समेत दिनुभएको छ। उहाँले बिद्यालय, मठ–मन्दिर, सार्वजनिक स्थानहरु, खेलकुद मैदान, चर्च, बिभिन्न समुहहरु, स्मृति भवनहरुमा पनि ट्यांकी, पानी फिल्टर, साना सिचाईका उपकरणहरु पनि पु-याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com