ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु


admin
मंसिर १, २०७६ आईतबार  १२ : ५७ बजे

काठमाडौं, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएको पेस्तोल र ४० राउन्ड गोलीसहित युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com