ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकका समस्याका समाधान गर्न गन्तव्य मुलुक जिम्मेवार बन्नुपर्छ– उपराष्ट्रपति


admin

 

काठमाडौं, २६ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले आप्रवासी कामदारको अधिकार संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज उद्घाटन गर्दै उहाँले प्रवासी कामदारको अधिकार र स्वतन्त्रतामाथि कुनै पनि बहानामा र कसैबाट पनि हुने ज्यादती स्वीकार्न नसकिने बताउनुभयो ।

“श्रमिकमाथि हुने शोषणको अवस्था अन्त्यका लागि सम्बन्धित राष्ट्रले श्रमिकमैत्री नीति कार्यान्वयनको सुनिश्चितता गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “श्रमिकका समस्याका समाधान गर्न गन्तव्य मुलुक बढी जिम्मेवार हुनुपर्दछ ।”

गन्तव्य मुलुकको श्रम नीति आप्रवासी कामदारमैत्री हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले सबै मुलुकले श्रमिकको सीप र क्षमताका आधारमा आफ्ना देशका नागरिकसरह सेवासुविधा दिने प्रबन्ध गरिनुपर्ने बताउनुभयो । “तोकिएको ज्याला नपाउनु, तोकिएको समयमा ज्याला नपाउनु, श्रम शोषण, यौनशोषण, कामबाट बिनाकारण निकालिनु, घरेलु हिंसाजस्ता समस्या आप्रवासी श्रमिकले भोगिरहेका साझा समस्या हो”, प्रवासी श्रमिकको मानवअधिकारको गम्भीर उल्लङ्घन भएको दृष्टान्त दिँदै उहाँले भन्नुभयो ।

कामदारले भोग्नु परेको समस्याको समाधान तथा आप्रवासी श्रमिकको मानवअधिकारका लागि सम्बन्धित देशले मात्रै सबै काम नसक्ने बताउँदै उपराष्ट्रपति पुनले प्रवासी श्रमिकको मावनअधिकार प्रवद्र्धनका लागि सबैको साझा प्रयासको आवश्यकता औँल्याउनुभयो । “यसमा विभिन्न देशका मानवअधिकार आयोगले आफ्नो भूमिका बढाउनुपर्दछ र यस अभियानमा सबै मुलुकले साथ र सहयोग गर्नुपर्दछ”, मानव अधिकारवादी संस्थाको विश्वव्यापी सञ्जाललाई आफ्नो भूमिका थप बलियो बनाउन सुझाव दिँदै उहाँले भन्नुभयो ।

संसारका निर्माता श्रमिकको सम्मानका लागि उनीहरुको अधिकारको संरक्षण गरिनुपर्नेमा जोड दिँदै उहाँले यसका लागि सबै राष्ट्र, सबै देशका मानवअधिकार आयोग, यससँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्था र निजी क्षेत्रले हातेमालो गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।आप्रवासी श्रमिकको अधिकार स्थापित हुन नसक्दा त्यसको सबैभन्दा ठूलो असर नेपालीले भोगिरहेको उपराष्ट्रपति पुनको भनाइ थियो । सम्मेलनले आप्रवासी श्रमिकको अधिकार स्थापित गर्ने र कार्यान्वयनका लागि विश्वलाई नयाँ सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आजको विश्व परिवेशमा जनावरको अधिकार संरक्षण एवं हकहित प्रवद्र्धनका लागिसमेत अन्तर्राष्ट्रिय महासन्धि र सिफारिस भएका सन्दर्भमा आप्रवासी श्रमिकको मानवोचित व्यवहार र अधिकारको विषय स्थापित गर्नसमेत कठिनाइ हुनु नेपालका लागि मात्र हैन मानव अधिकारको क्षेत्रमा समेत विश्वव्यापी रुपमा गम्भीर चिन्ता र चुनौतीको विषय भएको बताउनुभयो ।

श्रमिकहरु अत्यन्त जोखिम र आधारभूत अधिकारको समेत उपयोग गर्न नपाएका अवस्था विधमान रहेको उल्लेख गर्दै उहाँले यसका लागि श्रमिकको पक्षमा पैरवी र उनीको हक, हित र मानव अधिकार प्रवद्र्धन गर्न सबैको इमानदारपूर्ण पहल र प्रतिबद्धता आवश्यक भएको बताउनुभयो ।“श्रमिकका अधिकारका विषयलाई आप्रवासनको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको मात्र नभई विश्वव्यापी रुपमा आमनागरिकको सरोकारको विषय बनाउन सकिएमा मात्र हाम्रा सामूहिक प्रयासले सार्थकता पाउन सक्नेछन्”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गन्तव्य मुलुकले आप्रवासी श्रमिकलाई समान ज्याला र हैसियत प्रदान गर्नु नेपालको चासोको विषय भएको उल्लेख गर्दै उहाँले प्रवासी कामदारको अधिकार संरक्षण गर्न नेपालले विभिन्न कदम चालेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार संस्थाहरुको विश्वव्यापी सञ्जालका अध्यक्ष डा कार्लो अल्फोनसो नेग्रेत मोस्क्युराले सुरक्षित आप्रवासन अहिलको मुख्य चुनौती भएको बताउँदै आप्रवासी कामदारको अधिकारलाई सुरक्षित बनाउन ठूलो ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो ।

संयुक्त राष्ट्र सङ्घको आवासीय संयोजक भालेरिया जुलियान्डले दक्षिण एशियाली मुलुकका कामदारको अधिकार उच्च जोखिममा रहेको बताउँदै प्रवासी कामदारको अधिकार सुनिश्चित गर्न गन्तव्य मुलुक र स्रोत मुलुकबीच द्विपक्षीय सम्झौता तथा समझदारी हुनु आवश्यक रहेको बताउनुभयो । आयोगका सदस्य प्रकाश वस्तीले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि आयोगले विभिन्न मुलुकका मानव अधिकारवादी संस्थासँग सहकार्य गर्दै आएको बताउनुभयो ।

आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन’ तीन दिनसम्म चल्नेछ ।

अन्तरदेशीय सरकारी तथा गैरसरकारी संस्थाबीच संवाद र सहकार्यका माध्यमबाट प्रवासी कामदारका मानवधिकार संरक्षण तथा कामदारले भोग्नुपरेका समस्या समाधानका उयाय खोजिने सम्मेलनको प्रमुख लक्ष्य रहेको छ । सम्मेलनमा आप्रवासी कामदारको व्यवस्थापन तथा प्रशासन, स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन एवं मानव बेचबिखनका समस्या, आप्रवासी महिला कामदारको सुरक्षा र चुनौती, व्यवसाय र मानव अधिकारको जवाफदेहीता तथा न्यायमा पहुँचको सुनिश्चिततालगायत विषयमा छलफल हुनेछ ।

लाखौँ सङ्ख्याका कामदार नेपाल तथा दक्षिण एशियाबाट खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि गइरहेको अवस्थामा भर्ना प्रक्रियालाई साझा अवसर र चुनौतीका रुपमा लिई आपसी सहयोग र समझदारीमार्फत आप्रवासनलाई सुनिश्चित, सुरक्षित र व्यवस्थित बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिएको छ । सम्मेलनमा तीसभन्दा बढी मुलुकका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com