ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्याराडाइस पेपर्स : विश्व चर्चित धनाढ्यहरुको : कर छली बेलायतकी महारानीको पनि ‘अफसोर’ कम्पनीमा लगानी


एबीसी न्यूज
कार्तिक २०, २०७४ सोमबार   १ : ५२   बजे

 

कार्तिक २०,बीबीसी, बेलायत

सोमबार ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुसहित बेलायतकी महारानीसम्मले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ ।
पानामा पेपर्सपछि भएको दोस्रो ठूलो लिकलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको छ । संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर अनुशन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो ।

एक करोड ३४ लाख कागजपत्र रहेको यो लिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिवन्ध लगाएको रसियनहरुसँग व्यापारिक साठगाँठ रहेको समेत देखिएको छ ।

 

प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचारहरु आगामी हप्ताहरुमा सार्वजनिक गरिँदै लगिने बीबीसीसहित यी कागजपत्रमा जुटेका मिडियाहरुले बताएका छन् ।

प्याराडाइस पेपर्सले तल उल्लेखित कुराहरुको खुलासा गर्ने छ .
बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको छ । उनको केही पैसा गरिब तथा निमुखाहरु माथि अत्याचार गर्ने व्यापारी कहाँ पुगेको देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मन्त्रीहरुदेखि सल्लाहकार र दानकर्ताहरुको ठूलो मात्रामा ‘अफसोर’ लगानी रहेको छ । जसमा हालका वाणिज्य मन्त्री विल्बर रसको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनका ज्वाइँको कम्पनीसँग कारोबार रहेको छ ।
ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी ।
कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता ।
चर्चित बहुराष्ट्रिय कम्पनीहरुको कर छली । जसमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ ।
कसरी टिभी र फिल्मका पर्दामा देखिने चर्चित अनुहारले कर छली गर्दै अन्यत्र गरेको लगानी ।
दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग ।
यी लगायत अन्य केही ठूला धनाढ्यहरुको खुलासाले विश्वका चर्चित नेता ट्रम्प, बेलायती प्रधानमन्त्री टेरेसा मे लगायत थुप्रै माथि दबाब बनाउने पक्का छ ।

लिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

असममा खस्यो भारतीय वायुसेनाको विमान

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group