ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देही उद्योग संघमा पद हस्तान्तरण


sharan sharan

बुटवल, १८ कार्तिक ।
रुपन्देही उद्योग संघको ४१ औ साधारण सभा तथा २१ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीले आजबाट आफ्नो पदभार ग्रहण गरेको छ ।
उद्योग संघले आज एक कार्यक्रमका बिच नव निर्वाचित कार्यसमितीलाई सपथ ग्रहण गराउनुका साथै पद हस्तान्तरण गरेको थियो । बाबुराम बोहोराको अध्यक्षतामा निर्वाचित टिमलाई प्रदेश नम्बर ५ सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने निर्वाचन समितीका संयोजक यामलाल खनालले सपथ गराउनु भएको थियो ।
पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ५ नम्बर प्रदेशलाई औद्योगिक हव बनाउन पदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उद्योगीहरुलाई चाहिने पुर्वाधार निर्माणमा सरकार जुटिरहेको बताउनु भयो । उहांले पानी , बिद्युत, सडक जस्ता पुर्वाधार निर्माणमा सरकार लागिरहेको बताउंदै औद्योगिक हब बनाउन सरकारले उद्योगीहरुसंग समन्वय गर्ने स्पष्ट पार्नुभयो । उद्योग निती तथा ऐनहरु निर्माण गर्दा उद्योगीहरुले दिएको सुझाव समावेश गर्न सरकार तयार रहेको मन्त्री चौधरीको भनाई थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले नवनिर्वाचित अध्यक्ष बाबुराम बोहरालाई पद हस्तान्तरण गर्नुभएको थियो ।
अध्यक्ष सहित ३१ जना कार्यसकितीको पदाधिकारी तथा सदस्यहरुका लागि गत असोज ३० गते निर्वाचन भएको थियो । अध्यक्ष बोहोरा भने निर्बिरोध निर्वाचित हुनुभएको थियो । कार्यसमितीमा १ जना निवर्तमान अध्यक्ष र अध्यक्षले ३ जना मनोनित गरि ३५ जना रहने संघको बिधानले ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com