ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९६ बर्षिय धन प्रसाद श्रेष्ठले नातिको बिहे गर्ने धोको पाकिस्तानी सेनाले चकनाचुर पारिदिए


एबीसी न्यूज
कार्तिक ५, २०७६ मंगलबार  १० : १४ बजे


काठमाडौं,   ५ कात्तिक ।   पाकिस्तान संगको युद्धमा मा’रिएका भारतीय सेनाका सिपाही २४ बर्षिय गमिल कुमार श्रेष्ठको विवाहको तयारीमा थिए उनका परिवार । हजुरबा ९६ बर्षिय धन प्रसाद श्रेष्ठले नातिको बिहे गर्ने धोको पाकिस्तानी सेनाले चकनाचुर पारिदिएका छन् । घरकै आगनमा नातिको विवाहमा नाच्ने धनप्रसादको धोको अपुरो भएको छ । अस्ताउन लागेको घाम जस्तै भएको आफ्नो उमेरमा भारतीय सेनामा कार्यरत नातिको विवाहको तयारीमा परिवारलाई धनप्रसादले दवाव दिने गरेका थिए ।

‘अब नातिको विवाह गरेपछि मेरो मृत्यु भएपनि केही हुदैन,‘अबको केही महिनामै विवाह गर्नुपर्छ’ धनप्रसादले आफन्तलाई सुनाउने गरेका थिए । पाल्पाको रामपुर नगरपालीका ४ स’दावर्त, पाल्पाका गमिल कुमार भर्ती भएको २७ महिनामै आईतबार पाकिस्तान संगको भिडन्तमा मारिएका हुन् । भर्ती पछि कसम खाएर गएको बैशाखमा १५ दिने छुट्टीमा आएका गमिलले भर्ती हुन भाकल गरेबापत पन्चबोलीपुजा गरी हाजिरमा फर्किएका थिए ।

पुजा र बिहे ए’कैपटक गर भनेको मानेन, हजुरबा धनप्रसादले भने अर्को छुट्टीमा आउँदा बिचार गर्छु भनेको थियो, यस्तो भयो । अविवाहित मृतक श्रेष्ठको घरमा हजुरबा धन बहादुर, बुवा रुनारायण, आमा सिता, दाजु गणेश र उनका श्रीमती छन् । घटना भए संगै उनका बा, आमा, दाजु भाउजु र छिमेकीहरु सोमबार बिहानै भारत गएको छिमेकी कृष्ण लम्सालले बताए ।कक्षा १२ मा पढ्दा पढ्दै भारतीय सेनामा भर्ना भएका गमिल निकै मिलनसार र सहयोगी रहेको साथीहरुले बताएका छन्।

जेठा बुवाको छोरो दिपक श्रेष्ठ ५ बर्ष अघि भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना भएका थिए। आईतबार राती पाकिस्तान नि’यन्त्रित कश्मिर (पीओके) मा भारतीय र पाकिस्तानी सेना बिच भएको दोहोरो भिडन्तमा भारतीय सेनामा कार्यरत राईफल म्यान गामिलसंगै भारतीय सेनाका हवल्दार पदमबहादुर श्रेष्ठको मृत्यु भएको थियो । मृत्यु हुने दुबै जना गोर्खा रेजिमेन्टमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com