ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति सी चिनफिङको व्यग्र प्रतिक्षामा नेपाल


admin


नेपालको राजकीय भ्रमणमा आज आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि आम नेपाली ब्यग्र प्रतीक्षामा रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज र भोलि हुन लागेको सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षासहित नेपाली जनता स्वागतका लागि अतुर देखिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वागतको भव्य तयारी गरिएको उल्लेख गर्दै मुलुक विकासको मार्गलाई तीव्रता दिँदै अगाडि बढिरहेका बेला हुन लागेको भ्रमण ऐतिहासिक हुने विचार व्यक्त गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य लालकाजी लामाले फेसबुकमा स्टाटस राख्दै भन्नुभएको छ, “अतिथि सत्कार हाम्रो संस्कार हो, चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणमा आज नेपाल आउँदै हुनुहुन्छ, उहाँको स्वागतमा नेपाल सरकार र सम्पूर्ण नेपाली लामबद्ध छौँ, स्वागतम्, स्वागतम्, स्वागतम् ।”चितवनकी सङ्गीता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै भन्नुभएको छ, “अतिथि देवोः भवः, छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङलाई नेपालमा हृदयदेखि नै स्वागत छ ।”

आम नोपलीको आशाअनुसार नै भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण परियोजनामा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । व्यवसायी कृष्ण ढुङ्गानाले पनि चिनियाँ राष्ट्रपतिलाई ‘हट्ली वेलकम टु नेपाल’ भन्दै सगरमाथाको देश, बुद्ध भूमिको देश र असल छिमेकीको नाता जोड्दै दुवै देशका राष्ट्रपतिको तस्वीर राखेर सामाजिक सञ्जालबाटै भ्रमणको स्वागत गर्नुभएको छ ।

अहिले भारतमा रहनुभएका राष्ट्रपति सी विशेष विमानबाट आजै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै हुनुहुन्छ । उहाँले आजै नेपाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने उहाँको सम्मानमा होटल सोल्टीमा राजकीय भोजको आयोजना गरिएको छ ।


आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक वार्ता हुनेछ । उहाँहरुको समुपस्थितिमा विभिन्न विषयमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । राजकीय भ्रमणका क्रममा उहाँले विभिन्न राजनीतिक नेतासँग शिष्टाचार भेट गर्नुहुने छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बलियो आर्थिक साझेदारीमा रुपान्तरण गर्ने बताउनुभएको छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रासससँग कुरा गर्दै दुई देशको सम्बन्ध युगौँ पुरानो रहेको र चीनका सामु सम्भावनैसम्भावना भएकाले चीनले जुन आर्थिक प्रगति गरिरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्ने आशा व्यक्त गर्नुभयो । उहाँले यो भ्रमण ऐतिहासिक हुने उल्लेख गर्नुभयो ।

विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले पनि भ्रमणलाई ऐतिहासिकको संज्ञा दिँदै आपसी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै स्वागतको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिनुभएको छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँमा भव्य तयारी गरिएको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने विदेशी विशिष्ट पाहुनाको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।

यसरी सिँगारिएको छ काठमाडौँ

‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मित्रता’, ‘नेपाल चीन मित्रता विशाल गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ ।’ चिटिक्क सिँगारिएको काठमाडौँको सडकमा बनाइएको विभिन्न स्वागत गेटमा उक्त नारा लेखिएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ । ढकमक्क फुलेको फूलले विमानस्थलको शोभा नै बढाइदिएको छ । विमानस्थलकै मूल गेटमा उहाँको स्वागतका लागि स्वागत द्वार निर्माण गरिएको छ ।

तीनकुने पार्कलाई फूलको बगैँचाले सजाइएको छ । यहाँको स्वागत द्वारको दुई छेउमा नेपाल र चिनियाँ राष्ट्रपतिको फोटो राखिएको छ । माथिल्लो भागमा पशुपतिनाथ, स्वयम्भूको तस्वीर छ । यहाँ राखिएको डिस्प्ले बोर्डमा पाटे बाघ, गैँडा, पाण्डाका तस्वीर छिनछिनमा देख्न सकिन्छ ।

नेपालका राष्ट्रपति भण्डारी चीनको भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँग भएको भेटघाट, उहाँको स्वागत र सम्मान गरिएका सुन्दर तस्वीर प्रदर्शनमा छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग हात मिलाउँदै गर्नुभएको फोटो पनि छ । ग्रेटवाल र चिनियाँ आकर्षक शैलीका संरचना यहाँ देख्न सकिन्छ ।

लुम्बिनीको मायादेवी मन्दिर, पशुपतिनाथ, स्वयम्भू, जानकी मन्दिर, सेतो मछिन्द्रनाथको जात्रा, कुमारी, फेवातालको तस्वीर प्रदर्शनमा राखिएको छ । सडकको दायाँबायाँ खम्बामा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर लहरै राखिएको छ । ठाउँठाउँमा नेपाली र चिनियाँ झण्डा प्रदर्शन गरिएको छ । सडकका विभिन्न क्षेत्रमा फ्लेक्समा नेपालका सुन्दर ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय क्षेत्रको फोटो राखेर आकर्षक बनाइएको छ ।

काठमाडौँको माइतीघर झिलिमिली बनाइएको छ । माइतीघर मण्डल रङरोगन गरी सुन्दर बनाइएको छ । सडकहरु चिल्ला पारिएका छन् । ट्राफिक सङ्केतलाई दुरुस्त पारिएको छ । उहाँको स्वागतका लागि सरकारी कर्मचारी, विद्यार्थीदेखि आम नागरिक प्रतीक्षारत छन् । सरकारी कर्मचारीले राष्ट्रिय पोशाकमा सजिएर सीको स्वागतको तयारी गरेका छन् ।
–नारायण ढुङ्गाना

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com