ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया विदेशमन्त्रीको नेपाल भ्रमण – देशको विकास र समृद्धिका लागि चीनको साथ लिनुपर्ने सरोकारवालाको सुझाव (भिडियोसहित)


एबीसी न्यूज
भाद्र २३, २०७६ सोमबार  ७ : १५ बजे


काठमाडौं, २३ भदौ ।  चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आएका छन् । चीनबाट निकै लामो समयपछि यो हाइप्रोफाइल भ्रमण हुन लागेको हो । भ्रमणबाट नेपालले आर्थिक रुपमा र देशको विकास र समृद्धिको विषयमा चीनसँग छलफल गरी फाइदा लिनुपर्ने सरोकारवालाले बताएका छन् ।

चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउँदै छन् । विदेशमन्त्री वाङ पाकिस्तान भ्रमण सकेनर नेपाल आउन लागेका हुन् । वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ । नेपालमा चीनबाट हाइप्रोफाइल भ्रमण लामो समयदेखि भएको छैन ।

सन २०१२ यता पहिलोपटक हुन लागेको हो, झण्डै ७ वर्षपछि सिले नेपाल भ्रमण गर्न लागेका हुन् । तर नेपालबाट भने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतले चिनको भ्रमण गरिरहेकै छन् । विदेशमन्त्री वाङको यस भ्रमणले सिको नेपाल भ्रमणको विषयमा केन्द्रीत हुने बताइएको छ । चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको चर्चा पनि चलिरहेको छ । राष्ट्रपतिको भ्रमण अगाडि विदेशमन्त्रीको यो भ्रमणलाई महत्वको साथ हेरिएको छ । नेपाल र चीनविचको सम्बन्धलाई अझ उचाइमा पुराउन विदेशमन्त्रीको यो भ्रमण कोसेढुंगा साबित हुने पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाको विश्वास छ ।

नेपालले चिनसँग आर्थिक विकासका धेरै पाटा र बाटाहरुको बारेमा सिक्नु र सहकार्य गर्नु आवश्यक छ । नेपालमा चीनको यौटै अपेक्षा हो, नेपालको भूमि प्रयोग भएर आफ्नो विरोधमा कुनैपनि गतिविधि सञ्चालन नहोस् । चीन विरोधी गतिविधि नेपाली भूमिबाट कहिल्यै नहोस भन्ने चाहान्छ चीन । त्यसो त, नेपालमा जसको सरकार आए पनि चीनले खासै सक्रिय हस्तक्षेप वा प्रभाव जमाउने पक्षमा देखिएको छैन । तर, चीनले बिस्तारै विस्तारै दक्षिण एशियामा समेत आफ्नो प्रभाव बढाउंदै लगेको छ । तिब्र आर्थिक विकासमा अघि बढेको चीनबाट नेपालले बुद्धिमत्तापूर्ण ढंगले लाभ लिन सक्नुपर्छ ।

अहिलेसम्म चीनको कुटनीति शान्त कुटनीति नै हो । राजनीतिक रुपमा कतै देखिन नचाहने चीनले आर्थिक रुपमा भने आफ्ना छिमेकसंग बलियो आर्थिक कुटनीतिक सम्बन्ध बनोस भन्ने चाहन्छ । महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजनालाई अघि बढाउन चीनले छिमेकसंग अलि बढी नै अपेक्षा गरेको छ । गत वर्ष मात्र नेपालले समेत हस्ताक्षर गरेको बीआरआईमार्फत नेपालमा ठूला परियोजनाहरु अघि बढाउने चिनिया रणनीति हो ।

नेपालमार्फत भारतको विशाल बजारमा प्रवेश गर्न चाहेको चीनले यसकारणले पनि नेपाललाई विशेष महत्वमा राखेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिआरआइको कार्यान्वयन गर्न नेपाल प्रतिवद्ध रहेको बताउँछन् । चीनले गरेको अभूतपूर्व विकासबाट नेपालले पनि सिक्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले चिनिया विकासको लाभपनि असल छिमेकीको नाताले नेपालले लिन सक्नुपर्नेमा जोड दिए । नेपाल सधै एक चीन नीति प्रति स्पष्ट रहेको बताउदै अध्यक्ष प्रचण्डले अबका दिनमा नेपालको आर्थिक समृद्धिको निम्ति चिनिया“ सहयोग र साथ अझै अभिवृद्धि हुनुपर्ने बताए ।

त्यसो त, तीन वर्ष अघि दक्षिणी छिमेकी भारतले गरेको नाकावन्दीको बेलामा आम नेपालीले चीनलाई आशाको केन्द्रमा राखेकै हुन् । संकटको बेलामा चीनले थोरै नै सही, तिब्बतबाट पेट्रोलिय पदार्थ र अत्यावश्यक वस्तु भित्रिएकै हुन् ।
त्यसैबेलादेखि चीनसंगको कनेक्टिभिटी बढाउनु पर्छ भन्ने चेत नेपाली नेताहरुमा पलाएको थियो । अहिले, परम्परागत व्यापार नाकालाई खोल्न पहल भैरहेको छ । राष्ट्रपतिको भ्रमणका क्रममा चीनसंग सहमति भएको पारवहन प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले औपचारिक रुपमा चिनिया बाटो हुंदै तेस्रो मुलुकसंग व्यापारिक कारोबार गर्न पाउनेछ ।

अर्थात, चीनका बन्दरगाह र सुख्खा बन्दरगाहसम्म नेपालको पहुंच पुग्नेछ । विगतमा तातोपानी नाकाबाट मात्र कारोबार हुंदै आएकोमा अहिले रसुवागढीबाट व्यापारिक कारोबार भैरहेको छ । यो बाहेक किमाथांका कोराला, हिल्सा लगातय केही नाका खोल्ने विषयमा पनि चीनसंग छलफल अघि बढाउनुपर्छ ।चिनिया राष्ट्रपति सि जिङपिङले बीआरआईको फ्रेमवर्कमा रहेर नेपालको विकास र समृद्धिका लागि जस्तो सुकै सहयोग गर्न चीन तयार रहेको बताएका थिए, गत वर्ष प्रधानमन्त्री केपी ओलीको चीनभ्रमणका क्रममा । नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतस“गका सम्बन्धका आफ्नै मौलिक विशेषता छन् । चीनस“ग नेपालको १५ सय वर्ष पुरानो अनौपचारिक सम्बन्ध छ । नेपाल र चीनबीच एउटा सहयोगपूर्ण अवस्था छ । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । आर्थिक सहयोगमा उदारतापूर्वक अगाडि आएको छ । बीआरआईको नीतिलाई नेपालले इमान्दारितापूर्व सदुपयोग गर्न सके नेपाललाई फाइदा हुने निश्चित छ ।

चिनसँगको सम्बन्धलाई अझ उचाइमा पुराउनु आवश्यक छ । विकास र समृद्धिको मुल मन्त्र बोकेर हिडेको सरकारले चिनियाँ हाइप्रोफाइल भ्रमणबाट देशको विकास र समृद्धिको निम्ति फाइदा लिनु आवश्यक छ । यस तर्फ राजनीतिक नेतृत्वले ध्यान पुराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

सम्बन्धित

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com