काठमाडौं २७ मंसिर । जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमान्डु गुर्खाज १०१ रनमा अलआउट भएको छ । जनकपुरको धारिलो बलिङलाई काठमान्डुको ब्याटिङ लाइनअपले धान्न सकेन । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९।३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो । काठमान्डुका लागि ...