ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचौँ खेलमा जनकपुरको पहिलो हार, सुदूरपश्चिमसँग ७२ रनले पराजित


एबीसी न्यूज
मंसिर २६, २०८१ बुधबार   १ : १८   बजे

काठमाडौं २६ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल०को पाँचौँ खेलमा आएर जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ।

बुधबारको पहिलो खेलमा सुदूरपश्चिमसँग ७२ रनको फराकिलो अन्तरले पराजित हुँदै जनकपुरले पहिलो हार भोगेको हो।

जनकपुरले पहिलो हार भोगेको दिन सुदूरपश्चिमले भने लिगमा चौथो जित निकालेको छ। योसँगै अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले समान एक खेलमा हार र चार खेलमा जित निकालेका छन्।

जितसँगै सुदूरपश्चिमले ५ खेलबाट ८ अंक जोडेको छ। पराजित जनकपुरको पनि समान खेलबाट ८ अंक छ। यो जितपछि सुदूरपश्चिमले जनकपुरसँग अंकतालिकाको शीर्ष स्थान खोसेको छ।

सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो।

 

जनकपुरलाई कम स्कोरमा रोक्न हरमित सिंह, ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। नरेन साउद, सैफ जैव र स्कट कुग्लेजिनले हसमान एक विकेट लिए। हरमितले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र २ रन दिँदा २ विकेट झारे।

जोसुवा ट्रम्पले बनाएको १३ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर सैफ जैव र विनोद भण्डारीले ७।४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका थिए।

ओपनर जैव २१ बलमा २ छक्का सहयोगमा २१ रन बनाउँदै हर्ष ठाकरको बलमा अरनिको यादवको हातबाट क्याच आउट हुनपुगे।

अर्का ओपनर भण्डारी ३३ रन बनाउँदै क्याच आउट भए। ३७ बलमा ३ चौका र १ छक्का हानेका भण्डारी शेर मल्लको बलमा जोस्वा ट्रम्पको हातबाट क्याच आउट भए।

ईशान पाण्डे १७ रन बनाउँदै किशोर महतोको बलमा निशमको हातबाट आउट हुन पुगे। तेस्रो नम्बरमा ब्याटिङमा आएका हरमित सिंह १ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए।

११ रन बनाएका ब्रान्डोन म्याकमुलेन अरनिको यादवको बलमा ट्रम्पको हातबाट क्याच आउट भए। कप्तान ऐरी शून्य रनमा अरनिको यादवको ट्रम्पको हातबाट क्याच आउट नै हुन पुगे।

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा ३५ रन खर्चे।

उनले १८ औँ ओभरमा लगातार ३ विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ लाइन धरापमा परेको थियो। १८औँ ओभरको पहिलो बलमा आरिफ शेखलाई आउट गराएका किशोरले तेस्रो बलमा ईशान पाण्डेलाई पेभेलियनको बाटो देखाएका थिए।

सोही ओभरको अन्तिम बलमा स्कट कुग्लेजिनलाई ७ रनमा बोल्ड आउट गरे। किशोरले नै अन्तिम ओभरको पहिलो बलमा नरेन साउदलाई ३ रनमा क्याच आउट गराए।

अरनिको यादव र शेर मल्लले समान २ विकेट लिए। हर्ष ठाकरले एक विकेट आफ्नो नाममा गरे। किशोर महतो र हर्ष ठाकरले एक–एक विकेट आफ्नो नाममा गरे। ललित राजवंशी विकेटविहीन रहे। ललित पहिलो खेलमा विकेटविहीन हुनपुगेका हुन्।

आजै हुने दिनको दोस्रो खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। प्लेअफमा स्थान बनाउन संघर्षरत दुवै टोली जितको लक्ष्यमा मैदान उत्रिनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group