काठमाडौं, १ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले सिजनकै पहिलो हार व्यहोरेको छ । गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले लिग लिडर सिटीलाई ४–३ गोल अन्तरले हराएको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलले दोस्रो हाफमा ८ मिनेटभित्र तीन गोल गरेको थियो भने खेलमा ...