ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेरिस सेन्ट–जर्मेन फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश


admin

काठमाडौं, २७ पुस । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कप अन्तर्गत गएराति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो । पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरे । एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४ औं मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिए । त्यसपछि एमिएन्स १० खेलाडीमा सीमित भयो । यस्तै थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि ५३ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । त्यसमा नेइमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औं मिनेटमा राबिओट्ले हेड मार्फत गरे । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमारले पिएसजीबाट सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरिसकेका छन् । फ्रेन्च लिग कपमा उनको यो खेल डेब्यु थियो ।

नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन् । पिएसजीले लगातार चारपटक फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ । यो खेलमा एडिसन काभानी भने मैदान बाहिर थिए । पिएसजीले अब सेमिफाइनलमा रेनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सम्बन्धित

अलस्टार ई स्पोर्टसको आयोजनामा अनलाईन गेम हुँदै

एएफसी एसियन कप छनोटः पेनाल्टी सुटआउटमा चुक्दा नेपाल समूह चरणबाटै बाहिरियो

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाली महिला फुटबल खेलाडीको संकल्प, ‘उज्वेकिस्तानलाई जित्नेछौँ’

उज्वेकिस्तानलाई हराउँदै एसिया कपमा पुग्न प्रधानमन्त्री सहितले दिए शुभकामना

१६ वर्षमुनिको इस्ट जोन कप फाइनल : सिङ्गापुरले नेपाललाई १ सय १४ रनको लक्ष्य दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com