बागलुङ, २६ फागुन । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङद्वारा आयोजित कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि डिग्नीटी कलेज बागलुङले जितेको छ । शुक्रबार क्याम्पसकै फुटबल मैदानमा भएको फाइनल खेलमा फ्यूचर ब्राइटर माविलाई १–० को गोल अन्तरले पराजित गर्दै डिग्निटी विजेता बन्न सफल भएको हो । ...