ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको स्कटल्यान्डलाई १५० रनको लक्ष्य, पारसको सर्वाधिक ६३ रन


admin

काठमाडौं, २४ फागुन । जिम्बावेमा जारी आईसिसी एकदिवशीय विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई १५० रनको लक्ष्य दिएको छ।

टस जितर पहिला ब्याटिङ गरेको नेपालले‌ ४७ ओभर चार बलमा सबै विकेट गुमाएर १४९ रन जोड्यो। नेपालको पालीमा कप्तान पारस खड्काले ६३ रन बनाए। बसन्त रेग्मीले अविजित २४ , सोमपाल कामीले १८ र रोहित पौडेलले १५ रन बनाए।

उपकप्तान ज्ञानेन्द्र मल्ल एक, दीपेन्द्र सिंह एेरी एक र दीलिप नाथ चार रनमा आउट भए। शरद भेषावकरले खाता खोल्न सकेनन्। आरिफ शेख दुई रनमा पवेलियन फर्किए।

३९ रनमा पाँच विकेट गुमाएको नेपालका लागि पारसले सोमपाल कामीसँग मिलेर छैटौं विकेटका लागि ४२ रनको साझेदारी गरे। सोमपाल छैटौं विकेटका रुपमा रन आउटको शिकार भए। नेपालले नवौं विकेटका लागि २६ रनको साझेदारी गरेको थियो। सन्दीप लामिछानेले नवौं विकेटका रुपमा ६ रनमा आउट भएका थिए।

यसअघिका खेलमा टस जितेपछि प्राय पहिला फिल्डिङ गर्ने गरेको नेपालले यसपटक भने ब्याटिङ गर्ने निर्णय गर्‍यो। तर नेपाल सुरुवातदेखि नै दबाबमा रह्यो।

नेपालले दोस्रो ओभरको पहिलो बलमा ज्ञानेन्द्रलाई गुमायो। अर्का ओपनर दिलिप नाथ चार रनमा आउट भए।

नेपालले ११ रन जोड्दा दोस्रो विकेट गुमाएको हो। नेपालले १४ रनको स्थीतिमा पाँचौं ओभरको पहिलो बलमा दीपेन्द्रलाई गुमायो। लगत्तै अर्को बलमा शरद आउट भए। नेपालले ३९ रन जोड्दा पाँचौं विकेट गुमाएको थियो।

पारसले ७५ बलमा १० चौका प्रहार गरे। उनले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गर्दै यो सफलता हात पार्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन्।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनको पराजय ब्यहोरेको थियो। नेपालले यसअघि स्कटल्यान्डसँग तीन पटक प्रतिस्पर्धा गरेकामा सबैमा पराजित भएको थियो।

सुपर सिक्स पुग्ने सम्भावना कायम राख्न नेपाल जित्नैपर्ने दबाबमा छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

बाबुबाट पीडित सन्तानका लागि नागरिकता विधेयक संशोधन – गृहमन्त्री लेखक

कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आयाे

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

साढे २ लाख बढीले चढे धरहरा, ८ महिनामा उठ्यो झण्डै ५ करोड

नेपाल औषधि लिमिटिडसँग औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

कांग्रेसमा देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भयो- देउवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com