चितवन, २५ असार । बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाएको छ । ...