ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा बाढीपहिरोको जोखिम रोक्न उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन


एबीसी न्यूज

चितवन, २५ असार । बाढी र पहिरोबाट हुने विपद् जोखिम न्यूनीकरणका लागि चितवनमा उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिले वर्षायाम शुरु भएसँगै सम्भावित जोखिम क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कताका साथ कार्यक्रम शुरु गरेको जनाएको छ ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाको उच्च जोखिम क्षेत्रलाई तीनवटा क्लस्टरमा विभाजन गरी सुरक्षा सतर्कता बढाइएको हो ।

मुख्यगरी नारायणी नदी आसपासको पश्चिम क्षेत्र, राप्ती नदी आसपासको पूर्वी क्षेत्र र माडी क्षेत्र गरी जिल्लाको जोखिम क्षेत्रलाई तीन क्लस्टरमा विभाजन गरी विपद् जोखिम न्यूनीकरणका काम थालिएको हो ।

आ–आफ्नो क्षेत्रमा रहेका सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापन तालीम केन्द्र कुरिनटारका टोलीलाई जिम्मेवारीसमेत तोकिएको छ ।

नारायणी आसपासको पश्चिम क्षेत्रका लागि जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय, कालीबहादुर गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्रलाई जिम्मेवारी तोकिएको छ । यसमा भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापनको समन्वय रहने जनाइएको छ ।

यस्तै, दोस्रो क्लस्टरअन्तर्गत राप्ती नदी आसपासको पूर्वी क्षेत्रको सुरक्षा तथा उद्धारका लागि विपद् व्यवस्थापन गण रसौली, गढीमाई गण भण्डारा, प्रहरीको मातहतका कार्यालयलाई जिम्मेवारी तोकिएको छ । उक्त क्लस्टरमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहको समन्वय रहनेछ ।

यस्तै, तेस्रो क्लस्टरअन्तर्गत माडी क्षेत्रका लागि निकुञ्जको कसरा ब्यारेक, प्रहरी मातहतका कार्यालय, सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयलाई जिम्मेवारी तोकिएको प्रजिअ बस्नेतले बताउनुभयो । सो क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति र माडी नगरपालिकाले समन्वय गर्नेछ ।

साथै, समितिले उद्धारका लागि आवश्यक पर्ने रबर बोट, ट्यूब, लाइफ ज्याकेट, डोरी, एस्काभेटर लोडर, टिपरजस्ता अत्यावश्यक सामग्री तथा खाद्य सामग्री आवश्यक मात्रामा संकलन गर्नसमेत हरेक क्लस्टरलाई निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यता मुग्लिन क्षेत्रमा पहिरोबाट हुने जोखिम न्यूनीकरण गर्न सो क्षेत्रमा नियमित प्रहरी परिचालन गरिएको र नारायणगढ–मुग्लिन सडक आयोजनासँगको सहकार्यमा लोडर, डोजर, एस्काभेटर सबै तयारी अवस्थामा राखिएको चितवनका ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com