कुश्मा, ३० असोज । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा ...