ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली


admin

बाँके, २८ असोज । बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत् विस्तारसँगै बिजुली बलेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनबाट प्रशारण लाइन तानेर बत्ती बालिएको संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका–१, कुसुमका यमबहादुर खड्काले बिजुली बलेपछि खुशी व्यक्त गर्दै भन्नुभयो, “बिजुली आएपछि अब अरु सम्भावनाका ढोका खुलेका छन् । यहाँ उद्योग आउने आशा गरेका छौं ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुसुमबासीसँग दुई महिनाभित्र सबै वडामा बिजुली बल्ने प्रतिबद्धता गरेसँगै स्थानीयवासी विद्युत् विस्तारका काममा हौसिएका छन् । स्थानीय पदमराज वलीले भन्नुभयो, “कार्यकारी निर्देशकले नै प्रतिबद्धता जनाउनुभएको छ । यसमा हाम्रो पनि साथ र सहयोग रहनेछ ।”

राप्तीपारिका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरेर बत्ती बालिएको छ । कुसुममा पहिलो पटक बत्ती बलेपछि स्थानीय चुर्णबहादुर कुमालले भन्नुभयो, “अब रातको अन्धकार हटेसँगै अरु विकास पनि आउने आशा गरेका छौं ।”

सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक)ले प्राविधिक कारणले सबै वडामा बाल्न नसकिए पनि केही स्थानमा बत्ती बाल्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब छिट्टै सबै वडामा बिजुली बाल्न हामी लागिपरेका छौं ।”

विसं २०७० कात्तिक २५ मा नेपाल विद्युत् प्राधिकरण र सामुदायिक विद्युत् वितरण केन्द्रबीच सम्झौता भई २०७१ साल असारमा काम शुरु भएको भए पनि ठेकेदारको लापरवाहीका कारण झण्डै चार वर्ष ढिला भएको प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो ।

उक्त योजनामा प्राधिकरणको ९० प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी छ । रु ६ करोड ३० लाख ४७ हजार २८२ लागतको यो योजनाबाट कुसुमका दुई हजार ८२५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । कुसुम क्षेत्रका सबै गाउँ र घरमा विद्युत् विस्तारको काम चलिरहेको प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले कुसुमका ३० प्रतिशत स्थानीयवासीको घरमा बिजुलीको पहुँच पुगेको छ, केही समयमै सबै घरधुरीमा बिजुली बल्छ ।’ राप्तीसोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा १३ वटा ट्रान्सफर्मर जडान गरिएकोमा नौ वटा चार्ज गरी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com