ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जङ्गल क्षेत्रमा भविष्य खोज्दै पूर्व लाहुरे


admin

कुश्मा, ३० असोज । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा ४ वर्षअघि अलैँची खेती गर्दै आएका छन् ।

प्राविधिकको सल्लाहबमोजिम पहिलो पटक कास्कीको ल्वाङ घलेलबाट ९० हजार अलैँचीका विरुवा ल्याएर रोपिएको थियो । रोपिएको एक वर्षमै अपेक्षाभन्दा निकै राम्रा बोट भएपछि उनीहरूले दोस्रो वर्ष पनि करीब ५० हजार बिरुवा थपे । अहिले स्थानीय ५ र ६ वडाका करीब ४० परिवारको ४०० रोपनी आवादी जङ्गलमा पनि अलैँची रोप्नु भएका लाहुरेले आगामी वर्ष नजिकैको सामुदायिक वनमा पनि यसलाई विस्तार गर्ने योजनामा छन् ।

अलैँचीले गतवर्षबाट फल दिन शुरु गरिसकेको छ । अलैँची खेतीमा २५ जनाले समान लगानी गरेकामा १५ जनाभन्दा बढी पूर्व लाहुरे छन् । भौगोलिक हिसावले दूर्गम भएकाले रोजगारी र आम्दानीको खोजीमा बसाइँसराई र युवा पलायन बढेपछि पोखरा, चितवन, काठमाडौँलगायतमा बस्दै आएका पूर्वलाहुरेहरु गाउँमा फर्केर अलैँची खेतीमा सम्लग्न छन् ।

अलैँची खेती शुरु गरेपछि अहिले ५० भन्दा बढी युवाले रोजगारी पाएका छन् । अलैँचीमा मात्रै रु दुई करोड भन्दा बढी लगानी भइसकेको छ ।

भौगोलिक हिसावले रामशाही र गोलशाही जातको अलैँची राम्रो फस्टाउने जमिन यहाँ छ । अलैँची फस्टाएपछि हौंसिएका स्थानीयले यो वर्षबाट नजिकैको सामुदायिक वनको गैरकाष्ठ झाडी फाँड्न शुरु गरेका छन् ।समुन्द्री सतहबाट १५ सय देखि १८ सय मिटर उचाइसम्म फैलिएको जमिनमा उत्तिसको जङ्गलको छाया र कालो माटो भएकाले अलँचीका लागि उपयुक्त भएको कृषि प्राविधिकको राय छ ।

“त्यहाँको भूगोल र माटो अलैँचीका लागि अति उपयोगी छ’, वरिष्ठ कृषि विकास अधिकृत वासुदेब रेग्मीले भन्नुभयो, अब त्यो क्षेत्रलाई अलैँचीको पकेटक्षेत्र घोषणा गरेर जङ्गलभरी अलैँची विस्तार गर्ने सोचमा छौं ।”

“अबको तीन वर्षमा हामीले अपेक्षा गरेको आम्दानी लिन सक्छौं” अलैँची खेती गर्दै आउनुभएका नारायण गुरुङले भन्नुभयो, “सबै जमिनमा रोप्न सके रु दुई अर्बको अलैँची निर्यात गर्न सकिन्छ । अलैँची विशेष गरी मसला र उच्च गुणस्तरको मदिरा उत्पादनका लागि भारत, चीन, श्रीलङ्कालगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

अलैँची व्यवसाय विस्तार गर्न चाहेमा अझै १५ सय रोपनीभन्दा बढी जमिन छ । केही वर्ष अघिदेखि पर्वतमा विभिन्न कृषिसँग सम्बन्धित पेशामा स्थानीयबासीले रुची देखाउन थालेका छन् ।

विदेश गएर फर्केका युवाहरु, सेवानिवृत्त भएका लाहुरे तथा शिक्षक, कर्मचारी, उच्च शिक्षा हासिल गरेका युवायुवतीसमेत व्यवसायिक कृषिमा आकर्षित हुँदै जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com