काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली दुई जना मन्त्रीलाई साथमा लिएर आगामी शनिबार (भदौ १४ गते) चीन प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा ...