ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिजमा पशुपतिका चारै ढोका खुला गरिने, बिहान ३ बजेदेखि दर्शन गर्न सकिने


abc news
भाद्र ८, २०८२ आईतबार  ७ : ५९ बजे

काठमाडौं, ८ भदौ । यस वर्षको तिज मंगलबार (भदौ १० गते) देशभर मनाइँदै छ । तिजका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पूरा गरेको छ । कोषका अनुसार, तिजको अवसरमा भदौ १० गते बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिनेछ ।गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गर्न सकिनेछ ।त्यस्तै, जयबागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठ हुँदै फलामे पुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
एयरपोर्टतर्फबाट आउने भक्तजनले पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट पशुपतिनाथको मन्दिर प्रवेश गर्न सकिनेछ ।
बत्तीसपुतली–गौशालातर्फबाट पिंगलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, सदावर्त सत्तल, तिलगंगा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए ।

भक्तजनले आधा घण्टाभित्र दर्शन गरेर फर्किसक्ने व्यवस्था मिलाइएको कोषको दाबी छ । यसको सहजीकरणका लागि स्वयंसेवक र कर्मचारी परिचालन गरिनेछ ।

जुत्ताचप्पल कता राख्ने रु पार्किङ कहाँ गर्ने ?
पार्किङका लागि पनि छुट्टै व्यवस्थापन गरिएको कोषले जनाएको छ । गुह्येश्वरीपारि, सिफलचौर, तिलगंगा, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभाग कार्यालयमा व्यवस्था मिलाइएको छ ।

जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाष्मतीपारि राममन्दिरको मुनिलगायत स्थान छुट्याइएको छ ।

कस्तो छ तिज लक्षित सुरक्षा व्यवस्था ?
तिजलक्षित सुरक्षा व्यवस्थाका लागि ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा प्रहरी खटाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिनेश गिरीले जानकारी दिए ।

“तिजको दिन पशुपतिनाथलगायत शिवालयहरूमा दर्शनार्थीहरूको भिड हुन्छ । दर्शनार्थीहरूले बाटो काट्दा गाडीहरू क्युमा चल्छन् । आवश्यकता अनुसार, सवारी डाइभर्सन, सहजीकरण गर्ने कामहरू हुन्छ । त्यसका लागि भोलि तिजको कार्यतालिका सार्वजनिक गर्छौं,” गिरीले भने ।

सुरक्षाका लागि सादा पोसाकका प्रहरी पनि खटाइने प्रहरीले जनाएको छ । तिजको अवधिभर चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिनेछ ।

कोषले मन्दिरमा दर्शन गर्न आउँदा बहुमूल्य गरगहना नलगाउन अनुरोध गरेको छ । यस वर्ष तिजमा कम्तीमा सात लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

आफ्नै अभिव्यक्तिले घेरिए रास्वपा सांसद, बालेनको बचाउ गर्दा पुराना भाषण भाइरल

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com