काठमाडौं, ८ भदौ । चीनले अरुणाचल प्रदेश सीमा नजिककै तिब्बतको यारलुङ जांगबो (भारतमा ब्रह्मपुत्रको नामले चिनिने) नदीमा सबैभन्दा ठूलो जलाशय (ड्याम) निर्माण थालेपछि भारत चिन्तित भएको छ। १७० अर्ब अमेरिकी डलरको यो परियोजनाले भारत मात्र होइन, छिमेकी बंगलादेशका लागि पनि टाउको दुखाइ बन्ने सम्भावना रहेको विभिन्न विश्लेषकहरुले बताइरहेको छन् । यसलाई संसारको सबैभन्दा ठूलो हाइड्रोपावर दाबी गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका प्रधानमन्त्री ली छ्याङले तिब्बती उच्चभूमिको पूर्वी किनारमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँधको निर्माण सुरु भएको घोषणा गरेका छन्। यो नदी तिब्बती उच्चभूमिबाट बग्दछ। परियोजनाले तलतिर बसोबास गर्ने करोडौँ भारतीय र बंगलादेशी नागरिकहरूका साथै स्थानीय तिब्बती समुदाय र वरपरको वातावरणमा पार्ने सम्भावित प्रभावको कारण आलोचना खेपिरहेको छ।चीनले उच्च हिमाली क्षेत्रमा झन्डै ७० हजार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको घोषणा गरेपछि त्यसले हिमाली जलवायुमा पार्ने असरबारे विश्वभर बहस सुरू भएको छ।
तिब्बतबाट तीन हजार किलोमिटर दुरी पार गर्दै यो नदी बंगालको खाडीमा मिसिन्छ। यो नदी किनारामा ११ करोड ४० लाख मानिस बसोबार गर्छन्। आफ्नो सीमा नजिक बन्न लागेको आयोजनामा भविष्यमा भूकम्प लगायतका कुनै घटना भए ठूलो क्षति पुग्ने त्रास भारतलाई छ।
नेपालमा पनि यो चिनियाँ महत्वाकांक्षी योजनाले पार्ने असरबारे लेखाजोखा सुरू भएको छ। यो आयोजनालाई लिएर नेपालमा अहिले मुख्य रूपमा तीन वटा प्रश्न खडा भएका छन्।
यो आयोजनाले नेपाल भएर बग्ने कुनै नदीलाई असर पार्छ कि पार्दैन ? यसको पानीको बहाव तल माथि हुन्छ कि हुँदैन?
तेस्रो, नेपालले चीनसँग पनि विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको तयारी गरिरहेको छ। यस्तोमा तिब्बतीयन क्षेत्रमा बन्ने आयोजनाले नेपालको विद्युत व्यापारमा असर पर्छ कि पर्दैन ? यसबारे हामीले विज्ञहरूसँग कुराकानी गरेर यो ब्रिफिङ तयार पारेका छौं।
नेपाल, चीन, भारत, पाकिस्तान, अफगानिस्तान र म्यानमारसम्म फैलिएको ३५ सय किलोमिटर लामो हिमालयन क्षेत्रलाई ुवाटर टावर अफ एसियाु भनेर चिनिन्छ। यी क्षेत्रमा रहेका हिमालबाट महत्त्वपूर्ण नदीहरू उत्पत्ति हुन्छन्। तिनमा विश्वका झन्डै एक अर्ब ९० करोड मानिस निर्भर छन्।
नेपालको कोशी, गण्डकी र कर्णाली सँगै चीनले अहिले यो परियोजना निर्माण गर्न लागेको ब्रह्मपुत्र पनि यही हिमाली क्षेत्रबाट उन्पत्न हुन्छ। तर ब्रह्मपुत्र र नेपाल भएर बग्ने कोशी, गण्डकी र कर्णालीको पानीढलो (वाटरशेड) एउटै होइन। त्यसैले तिब्तीयन पठार हुँदै भुटानभन्दा पनि पर, म्यानमार नजिक पुगेर ब्रह्मपुत्र भारततर्फ मोडिन्छ। चीनले अहिले विद्युत उत्पादनका लागि द ग्रेट बेन्ड भनेर चिनिने यही मोडिएको ठाउँमा आयोजना निर्माण गर्न लागेको हो।
तर भारतको जलविद्युत सम्भावनामा ब्रह्मपुत्रको योगदान करिब ४४ प्रतिशत छ। नदीजन्य स्रोतमा झन्डै ३० प्रतिशत छ। यस्तो नदीमा, आफ्नो सीमा नजिकै चीनले त्यति ठूलो आयोजना बनाउने भएपछि भारततर्फ हुने पानीको बहावमा असर पर्न सक्छ। पानीको बहावमा कमी भए भारत र बंगलादेशमा खानेपानी र सिँचाइमा प्रभाव पर्न सक्छ। सिँचाइका कारण खाद्यान्न उत्पादनमा समेत असर पर्न सक्ने आशंकावीच चीनका लागि नेपालका पूर्वराजदूत विष्णु पुकार श्रेष्ठ यस बाँधले कुनै पनि असर नहुने बताएका छन् । छन् उनले एबीसी टेलिभिजनको कार्यक्रम एबीसी विशेषमा बोल्दै चीनले कुनै धेरै लामो अध्ययन अनुसन्धान गरेर बनाएको योजना भएको हुदा यसले कुनैपनि क्षेत्रमा हानी नहुने दावी गरे । यसबाहेक चीनले आयोजना बनाउने स्थल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने र ठूलो भूकम्प आएका बेला आयोजनाको संरचनामा क्षति भएर भारतमा प्रलयकारी बाढी आउने खतरा भएको भन्दै भारतको टाउको दुखाइको विषय बनेको छ ।








प्रतिक्रिया दिनुहोस्