दाङ, ७ चैत । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा ...