ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोरमका मन्त्री कुर्दै प्रधानमन्त्री


admin
चैत्र ६, २०७४ मंगलबार   ८ : २५   बजे

काठमाडौँ, ६ चैत । सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले राससलाई जानकारी दिनुभयो ।

यही चैत २ गते भएको मन्त्रिपरिषद्को तेस्रो विस्तारमै सामेल हुने अपेक्षा गरिएको फोरमले संविधान संशोधनमा ठोस सहमति खोजेको र सो दलभित्र मन्त्री को हुने भन्नेमा विवाद देखिएका कारण त्यस दिन मन्त्री सिफारिश गरेको थिएन । तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो । संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ ।

मुख्य सल्लाहकार रिमालले भन्नुभयो, “उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ ।”

मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले छलफल गर्दै 

केन्द्र र प्रदेश सरकारबीचको समन्वयका विषयमा प्रधानमन्त्री ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । कर्मचारी व्यवस्थापन, बजेट र अन्य समन्वयका विषयमा पहिलो पटक सो छलफल हुन लगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group