ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानीभेरी गाउँपालिकामा अनिश्चितकालीन तालबन्दी


admin
चैत्र ६, २०७४ मंगलबार   ७ : ४७   बजे

रुकुम, ६ चैत। रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा तालबन्दी गरिएको छ । सानीभेरी गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णय विरोध गर्दै यहाँका स्थानीयवासीले सानीभेरी गाउँपालिमा आजबाट तालबन्दी गरेका छन् ।

गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णयको विरोध गर्दै यहाँका स्थानीयवासीले सबै सरकारी कार्यालय बन्द गर्नाका साथै यातायात र बजार पूर्णरुपमा बन्द गराएका छन् । यसअघि वडा नं ९ सिम्लीबजारमा रहेको गाउँपालिकाको कार्यालय जग्गा अभावका कारण वडा नं ७ द्वारेज्यूलामा सार्ने निर्णय सोमबार बसेको सानीभेरी गाउँ कार्यपालिकाको बैठकले गरेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।

सिम्लीबजारबाट मुसिकोट, चौरजहारी लगायतका क्षेत्रमा सञ्चालन हुने यातायातका साधान, सानीभेरी गाउँपालिकामा रहेका सबै सरकारी कार्यालय र बजार पूर्ण रुपमा बन्द गरिएको स्थानीयवासीले चक्रबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासीले नियन्त्रणमा लिन खोजेका थिए । जनप्रतिनिधिलाई अहिले प्रहरी चौकी सिम्लीले सुरक्षा दिइरहेको बताइएको छ । निर्णय नसच्याएसम्मका लागि आन्दोलन जारी रहने आन्दोलनकारीको भनाइ छ ।

जग्गा अभाव भएका कारण सानीभेरी गाउँपालिकाका १० वटाले सार्ने निर्णयको समर्थन गरेको र एउटा वडाले यसको विरोध गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group