काठमाडौँ, १० वैशाख। गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणपछि उहाँले भन्नुभयो, “सरकारले लिएको नीति तथा कार्ययोजना सम्पादन गर्न प्रहरीले अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ...