काठमाडौं ३ बैशाख । सवारी साधनले धुलो उडाएको भन्दै मनाङको नासोँका स्थानीयले सडक बन्द गरेका छन्। नासोँ ९ दानाक्युका स्थानीले आज बिहान सडक अवरुद्ध गरेका हुन्। चाइनिज हाइड्रो पावरले सडकमा पानी हाल्ने सहमति कार्यान्वयन नगरेपछि बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीय लक्ष्मी लामाले बताइन्। ...