नेपालगन्ज, ११ माघ । नेपालगञ्ज उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । शनिबार नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा नयाँ नेतृत्वको लागि मतदान भएको हो । साँझ ५ बजे सम्पन्न मतदानमा ९१ प्रतिशत मत खसेको संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो । ...