ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण


admin

काठमाडौं,१२ जेठ । युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।

व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा कर्जा लगानी शुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले सरकारी कार्यक्रमअनुरुप नै सहकारीले युवाको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको बताउनुभयो ।

उहाँले शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई रु ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई रु एक लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई तीन लाख र स्नातकोत्तर उत्तीर्ण गरेकालाई रु पाँच लाखसम्म ऋण लगानी गर्न शुरु गरेको जानकारी दिनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई ऋण दिन थालिएको संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा संस्थाले विनाधितो प्रतिव्यक्ति रु दुई लाख रकम दिन शुरु गरेको छ । बेरोजगार र देशमै बसेर केही गर्न चाहने युवाका लागि व्यवसायी बनाउन ऋण लगानी शुरु गरेको सहकारी संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख वितरण गर्न शुरु गरिएको बताउनुभयो ।

“दुई लाखसम्म लैजाने युवाले केही पनि धितो नराखेर ऋण दिन लागेका छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष २५ जना युवालाई ऋण दिने तयारी गरेका छौँ, तीमध्ये १३ जनालाई आजबाटै ऋण दिन शुरु गरिनेछ, अरुलाई केही समय पछि दिने हो ।”

दुई लाखले अपुग हुने युवालाई थप रकम आवश्यक परेमा शैक्षिक प्रमाणपत्र धितो राखिने उहाँले बताउनुभयो । विनाकर्जा युवालाई ऋण दिने कार्यक्रम केही महीना अगाडि नै घोषणा गरिएको थियो । सोही घोषित कार्यक्रमअन्तर्गत ऋण लैजाने युवाको लगत पनि सङ्कलन भइसकेको हँुदा तत्काल कर्जा प्रवाह गरिने उहाँले बताउनुभयो ।

स्वरोजगार कोषको व्यवस्थाअनुसार कोषको रकम कर्जाका रुपमा लैजानेले शुरुमा १० प्रतिशतका दरले नियमित रुपमा मासिक ब्याज बुझाई सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ब्याजसहितको ऋण चुक्ता भइसकेपछि उनीहरुले तिरेको ब्याजको छ प्रतिशत रकम फिर्ता पाउने व्यवस्था पनि गरिएको छ ।

स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने, संस्थाको नियमानुसार सदस्यता लिई मासिकरुपमा अनिवार्य बचत गर्नुपर्ने जस्ता नियम लगाइएका छन् ।

यस्तै पुरानो शेयर सदस्यको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारिक सदस्यको सम्पूर्ण विवरण, पारिवारिक व्यवसायको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ । ऋण लगिसकेपछि युवाले उक्त रकमबाट व्यवसाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com